तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, आश्विन २१, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ ।

राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाकाे आयोजनामा साे अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हाे । अभिमुखीकरण कार्यक्रममा भवन निर्माणका मापदण्ड,भवन संहिता र अन्य कानुनी प्रावधानहरूको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियोे । त्यस्तै कार्यक्रममा गाउँपालिकामा भवन निर्माण गर्दा आउने समस्याहरू र तिनको समाधानका उपायहरूका बारेमा समेत छलफल गरिएको बताइएको छ ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सुरक्षित र मापदण्ड अनुसारका भवन निर्माणमा प्राविधिक कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै यो अभिमुखीकरण कार्यक्रमले उनीहरूलाई थप दक्ष र सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश राजधानी कार्यान्वयन इकाईका इन्जिनियर विश्व रेग्मी र राप्ती गाउँपालिका भाैतिक पूर्वाधार शाखा प्रमुख अशोक बेल्वासेले भवन संहिता र मापदण्डको पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमहरूबारेमा जानकारी गराउँदै भवन निर्माणका नवीनतम प्रविधिहरूको प्रयोग लगायत अन्य विभिन्न विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

गाउँपालिकामा कार्यरत इन्जिनियर,ओभरसियर र अन्य प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रमकाे सहजीकरण गाउँपालिकाकी असिस्टेन्ट सव इन्जिनियर बिमला भट्टराईले गरेकि थिइन् । यस कार्यक्रमले गाउँपालिकामा भवन निर्माण कार्यलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]