
Csbg-7
Gsbr-6
Usbl-7
Jsbg-7
Pbu
jsbr-3
ksbl-7
Rksr-7
Msbg-2
Gsbg-3


काठमाडौं । काठमाडौँदेखि भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर,५ महेन्द्रझ्याडी स्थित भलखाडामा दुर्घटना भएको छ । प्रहरीका अनुसार आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।
बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । त्यस्तै थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
