फरार २ कैदीसहित विभिन्न आपराधिक घटनामा संलग्न ११ प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ११ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दाका कैदी चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा १९ […]

आशाका किरण संस्थाद्वारा भैलोको ५० प्रतिशत रकमबाट दजेब्रा क्रसिङ बनाउन सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि बिहीबारदेखि जेब्रा क्रसिङ बनाउन सुरु गरेको छ । यस वर्षको देउसीभैलाबाट खर्च कटाएर बचेको रकमको ५० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने रकमबाट संस्थाले पहिलो काम सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउन सुरु गरेको हो । सो संस्थाले भालुवाङ– प्युठान सडक खण्ड […]

अब स्थानीय तहबाटै प्यान कार्ड र करसम्बन्धी सेवा दिइने

काठमाडौं । अबदेखि स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड)स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरुबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरु […]

राप्ती गाउँपालिकामा‘सरसफाइ डिजिटल अवार्ड’घोषणा, सहभागी हुन आह्वान

दाङ । पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणको लक्ष्यसहित देउखुरीको राप्ती गाउँपालिकाले ‘सरसफाइ डिजिटल अवार्ड’ सञ्चालन गर्ने भएको छ । फोहोर व्यवस्थापनमा सुधार ल्याउने,प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार सूचना प्रकाशित गर्दै कार्यक्रमको घोषणा गरिएको हो । कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका स्थानीय,विद्यार्थी,युवा, महिला समूह तथा समुदायका सराेकारवाला व्यक्ति वा समूहहरुले सरसफाइ सम्बन्धी गतिविधि तथा […]

राप्ती आँखा अस्पतालद्वारा पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम

दाङ । राप्ती आँखा अस्पतालले कर्णाली प्रदेशको रुकुम पश्चिमका पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम दिएको छ । नेपाल नेत्रज्योति संघ तथा राप्ती आँखा अस्पतालको आयोजना एवम् एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा रुकुम पश्चिममा क्रियासील पत्रकारहरुलाई बिहीबार एकदिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको हो । नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको तालिम कार्यक्रममा […]

राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न स्वदेश फर्कदै

काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर अपराह्न स्वदेश फर्किने भएका छन् । त्यस्तै राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको क्रममा विभिन्न उच्चस्तरका भेटवार्ता पनि भएका थिए । यस्तै सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको […]

अवैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न जेन-जी दाङद्वारा समन्वय समितिलाई ज्ञापन-पत्र

दाङ । अवैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न जेन-जी दाङले समन्वय समितिलाई ज्ञापन-पत्र बुझाएको छ ।जिल्ला भरका जेन-जी युवाहरुको संयुक्त समूहको तर्फबाट अवैध रुपमा संचालित रहेका क्रसर उद्योग र बालुवा वासिङ उद्योगहरु तत्काल बन्द गर्न माग राख्दै जिल्ला समन्वय समिति दाङलाई मंगलबार ज्ञापन-पत्र बुझाएको हो । जिल्ला समन्वय समिति दाङ घोराहीमा,जिल्ला प्रशासन कार्यालय घोराही,दाङको मिति […]

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गोङ्गबुस्थित नयाँ बसपार्कमा आज निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थानहरुमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँ बसपार्क पुगेर सेवा शुभारम्भ गरेका हुन् । त्यस्तै सो अवसरमा उनले नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाको […]

रवि लामिछानेलाई बयानका लागि सिंहदरबारमा ल्याइयो

काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नख्खु जेलबाट फर्जी कागज बनाएर निस्किएका रवि लामिछानेलाई बनायनका लागि सिंहदरबार ल्याइएको छ । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले लामिछानेसँग बयान लिन लागेको हो । त्यस्तै भदौ २४ गते रास्वपाका नेताहरुले सहकारी ठगी प्रकरणमा पुर्पक्षका […]

हुम्लाको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले हुम्लाको विभिन्न स्थानहरुबाट ठुलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]