दाङको राप्तीमा कार्तिक २८ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आगामी कार्तिक २८ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय […]

जिल्ला ट्राफिक प्रहरी दाङद्वारा विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण प्रदान

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण प्रदान गरेको छ । ट्राफिक प्रहरी कार्यालय दाङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ तथा नेपाल जुनियर रेडक्रसको संयुक्त आयोजनामा दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको भानु मा.वि. प्रसढुवामा जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु गरि ११५ जनालाई ट्राफिक सम्बन्धि […]

लमही अस्पतालमा स्वास्थ्य निर्देशनालय र निक सायमनको अनुगमन,सेवा स्तर ५९ प्रतिशत

दाङ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत लमही अस्पतालको अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र निक सायमन इन्स्टिच्युटको संयुक्त टोलीले गरेको मूल्यांकनमा लमही अस्पतालले ५९ प्रतिशत अंक प्राप्त गरेको हो । कार्यक्रममा अस्पतालको स्वास्थ्य सेवा गुणस्तर, उपलब्ध सेवा–सुविधा, स्रोत साधनको प्रयोग र व्यवस्थापन प्रणालीबारे विस्तृत समिक्षा गरिएको […]

गढवामा जुकाको औषधि खुवाउने क्रम घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर –४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए । राष्ट्रव्यापी रुपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको […]

देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी गएको शुक्रबार रातिदेखि शनिबार बिहानसम्म १० जनाको मृत्यु भएको छ। त्यस्तै महोत्तरी: बलवा नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय सुरेन्द्र झाको मृत्यु भएको छ । ललितपुर: महानगरपालिका-१५ खुमलटारमा बसले स्कुटरलाई ठक्कर दिँदा गोदावरीका ३० वर्षीय रोहित श्रेष्ठको मृत्यु भएको छ। बस चालकलाई […]

पुर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा […]

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनेको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ । त्यस्तै ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ । चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र […]

गढवा गाउँपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिकाले यस वर्ष किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । गाउँपालिकाले बिहीबारदेखि गहुँको बीउ वितरण कार्य प्रारम्भ गरेको हो । यस वर्ष कुल २ सय १ क्विन्टल (२० हजार १ सय किलो) गहुँको बीउ किसानहरूलाई वितरण गरिने गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । त्यस्तै अध्यक्ष […]

स्वास्थ्य विभागद्वारा बालबालिकालाई खुवाइयो भिटामनि ‘ए’ र जुकाको औषधि

काठमाडौँ । आज पनि स्वास्थ्य सेवा विभागले बालबालिकालाई भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ । यस्तै राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो । अर्को चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो […]

जलवायु अनुकूलनका कामबाट स्थानीय स्तरमा रोजगारीको सृजना गर्न सकिन्छ:अध्यक्ष विष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जलवायु अनुकूलनका कार्यक्रम मार्फत स्थानीय समुदायमा प्रत्यक्ष रोजगारीका अवसर सृजना गर्न सकिने बताएका छन् । कलाइम एडप्ट संस्थाको आयोजनामा तथा इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटको सहकार्यमा बिहीबार राप्ती गाउँपालिकाकाे हल मसुरियामा आयोजित “जलवायु कार्यमा प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक छलफल कार्यक्रममा अध्यक्ष विष्टले जलवायु संकटलाई चुनौती मात्र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]