
Pbu
gms
Nssbus7
Amb
Bksbus5
Gsl
Ssbus
Ddhbs
Csbus
Ratbs
dsbus
Rbs
Jsbus
Gsbus

Sls
Ggd
Bbu
Sbs
Gst
Ksm
Hal
Bbbpu
Rgu
Wsp
nsb
Pvg
Rsb
Vor
Rgu
Asm
Rgs
Tsm
Ssm

Bml
Syp
Pls
bbt
Gsb
Rmb
Mks
Ptm
Rpp
Jmb
sab
Jmb
Abd
दाङ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेद्धार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महामन्त्री विपिन कुमार आचार्यले विधि निर्माणमार्फत समग्र दाङको दिगो विकास गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।
त्यस्तै आज घोराहीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले दाङको विकासका लागि स्पष्ट योजना,इमानदार नेतृत्व र परिणाममुखी राजनीति आवश्यक रहेको उल्लेख गर्नुभयो। उनले भने, “देश र जिल्लाको विकास नाराले मात्र सम्भव हुँदैन, त्यसका लागि बलियो विधि निर्माण,पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व अनिवार्य छ । म संसद्मा पुगेर दाङका जनताको आवाज मजबुत रुपमा उठाउनेछु ।”साथै उनले सानो भन्दा सानो कामको लागि पनि नेताको शक्ति प्रयोग गर्नुपर्ने बाद्यात्मक परीस्थितिलाई पनि अन्त्य गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेतृत्व तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्य दाङ क्षेत्र नं. २ मा परम्परागत ठूला दलका प्रभावशाली नेताहरुसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनको उम्मेदवारीलाई युवाहरु,पेशाकर्मी,बुद्धिजीवी तथा परिवर्तन चाहने मतदाताहरुले आशाका रुपमा हेरेका छन् । घोराही उपमहानगरपालिका–१५ स्थित ट्राफिक चोक नजिकका स्थायी बासिन्दा आचार्य निति निर्माणदेखि शैक्षिक तथा पेशागत रुपमापनि सशक्त पृष्ठभूमि भएका व्यक्ति हुन् । उनले पार्टीको निति नियम बनाउनेदेखि बिधान बनाउने काममा पनि उत्तिकै भुमिका निर्वाह गरेका छन् ।
त्यस्तै भारतबाट इन्जिनियरिङ अध्ययन सम्पन्न गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका छन् । शिक्षा,व्यवस्थापन र विकास सम्बन्धी विषयमा गहिरो ज्ञान हासिल गरेका आचार्यले उक्त ज्ञानलाई जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरे ।
चुनावी सभामा बोल्दै उनले दाङको पूर्वाधार विकास, रोजगारी सिर्जना,कृषि आधुनिकीकरण,शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारे । “दाङको सम्भावना अपार छ, तर त्यसलाई व्यवहारमा उतार्न सक्षम र इमानदार नेतृत्व चाहिन्छ,” उनको भनाइ थिय । भद्र,शालीन र विचारशील नेतृत्व शैलीका कारण उम्मेदवार आचार्यप्रति आम मतदाताको आकर्षण बढ्दो देखिन्छ । स्थानीय स्तरमै बसेर जनताको समस्या बुझ्दै आएको अनुभव र स्पष्ट दृष्टिकोणका कारण यसपटक धेरै मतदाताले आचार्यलाई विश्वासका साथ मतदान गर्ने अपेक्षा गरिएको छ । चुनावी सरगर्मी बढ्दै जाँदा दाङ क्षेत्र नम्बर २ मा आचार्यको उम्मेदवारीले नयाँ राजनीतिक बहस र आशा सिर्जना गरेको स्थानीयहरुको भनाइ छ ।
