
lnp
Jns
Rgp
Sgp
Rgp
Ggp
Lks
Asb
Lnp
Rgp
Usb
Dus
Rgp
ksb
Ggp

lms

दाङ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेद्धार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महामन्त्री विपिन कुमार आचार्यले विधि निर्माणमार्फत समग्र दाङको दिगो विकास गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।
त्यस्तै आज घोराहीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले दाङको विकासका लागि स्पष्ट योजना,इमानदार नेतृत्व र परिणाममुखी राजनीति आवश्यक रहेको उल्लेख गर्नुभयो। उनले भने, “देश र जिल्लाको विकास नाराले मात्र सम्भव हुँदैन, त्यसका लागि बलियो विधि निर्माण,पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व अनिवार्य छ । म संसद्मा पुगेर दाङका जनताको आवाज मजबुत रुपमा उठाउनेछु ।”साथै उनले सानो भन्दा सानो कामको लागि पनि नेताको शक्ति प्रयोग गर्नुपर्ने बाद्यात्मक परीस्थितिलाई पनि अन्त्य गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेतृत्व तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्य दाङ क्षेत्र नं. २ मा परम्परागत ठूला दलका प्रभावशाली नेताहरुसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनको उम्मेदवारीलाई युवाहरु,पेशाकर्मी,बुद्धिजीवी तथा परिवर्तन चाहने मतदाताहरुले आशाका रुपमा हेरेका छन् । घोराही उपमहानगरपालिका–१५ स्थित ट्राफिक चोक नजिकका स्थायी बासिन्दा आचार्य निति निर्माणदेखि शैक्षिक तथा पेशागत रुपमापनि सशक्त पृष्ठभूमि भएका व्यक्ति हुन् । उनले पार्टीको निति नियम बनाउनेदेखि बिधान बनाउने काममा पनि उत्तिकै भुमिका निर्वाह गरेका छन् ।
त्यस्तै भारतबाट इन्जिनियरिङ अध्ययन सम्पन्न गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका छन् । शिक्षा,व्यवस्थापन र विकास सम्बन्धी विषयमा गहिरो ज्ञान हासिल गरेका आचार्यले उक्त ज्ञानलाई जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरे ।
चुनावी सभामा बोल्दै उनले दाङको पूर्वाधार विकास, रोजगारी सिर्जना,कृषि आधुनिकीकरण,शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारे । “दाङको सम्भावना अपार छ, तर त्यसलाई व्यवहारमा उतार्न सक्षम र इमानदार नेतृत्व चाहिन्छ,” उनको भनाइ थिय । भद्र,शालीन र विचारशील नेतृत्व शैलीका कारण उम्मेदवार आचार्यप्रति आम मतदाताको आकर्षण बढ्दो देखिन्छ । स्थानीय स्तरमै बसेर जनताको समस्या बुझ्दै आएको अनुभव र स्पष्ट दृष्टिकोणका कारण यसपटक धेरै मतदाताले आचार्यलाई विश्वासका साथ मतदान गर्ने अपेक्षा गरिएको छ । चुनावी सरगर्मी बढ्दै जाँदा दाङ क्षेत्र नम्बर २ मा आचार्यको उम्मेदवारीले नयाँ राजनीतिक बहस र आशा सिर्जना गरेको स्थानीयहरुको भनाइ छ ।
