
mbd
Sds
Rbs
Mbdvs
Gmk
Anm
Gisld
Pbu
Ksm

Sbs
Vor
Sls
Hal
Rsb
Gst
Bbu
Rgu
Ggd
Rgu
Tsm
Wsp
Rgs
Bbbpu
Pvg
nsb
Asm
Ssm
Ksm

Ptm
Rmb
Gsb
Syp
sab
Jmb
Rpp
Pls
Mks
Abd
bbt
Bml
Jmb
सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर –२ खलंगास्थित सिँचाइ कार्यालय नजिक खलंगा–श्रीनगर सडकखण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अटोमा चालकसहित ११ जना सवार रहेका थिए।
दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। घाइतेमध्ये सिद्दकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले र ३ वर्षीया सृष्टि बि.क.को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।
त्यस्तै अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी सकुशल रहेका छन्। चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्णबहादुर के.सी.को कमाण्डमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसीले जानकारी दिए ।
