
Sgr
Rgp1
pku
Lnp
Unsku
Srbpu
Pbu
Ggp
Rgp
कास्की । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङले सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् । वडा स्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको आठ घण्टापछि प्रहरीले […]
दाङ । लमही नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न भएको छ । आईतबार सम्पन्न नगरसभाले विभिन्न निर्णहरु गर्दै कार्यबिधी अनुमोदन गरेको छ ।नगरसभाले गरेका निर्णयहरु नगरसभा पश्चात् पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउँदै नगरपालिकाका प्रबक्ता मोहन गिरीले एम्बुलेन्स सेवा सञ्चालन कार्यबिधी, २०८१ पारित भएको बताए । यो सहित नगरसभाले […]
धनगढी । कैलालीबाट लागूऔषध सहित ५ जना युवकहरु पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर–४ बलियाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय मेसक चौधरी र १९ वर्षीय अमृत चौधरी पक्राउ परेका छन् । यी दुबै जनालाई निमेडोल १७ ट्याबलेट र टरामाडोल ४३ ट्याबलेट सहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । […]
दाङ । देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयको खेलकुद सप्ताहका विजेताहरूलाई आइतबार पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक क्यालेण्डर अनुरुप माघ २४ गतेदेखि -३० गतेसम्म सञ्चालन भएको बृहत खेलकुद सप्ताह कार्यक्रम मार्फत विभिन्न विधाहरुमा प्रथम,द्वितीय,तृतीय एवं उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयको मावि तह नेपाली शिक्षिका सीमा पोखरेल (भुसाल)को […]
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार आज बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो । त्यस्तै भूकम्पको धक्काका […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ घुम्नामा रहेको घुम्ना लिटिल स्टारको १४औं वार्षिको उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।विद्यालयका संस्थापक अध्यक्ष हल्लुप्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ४ का वडा सदस्य द्वय उमाकाण्ड चौधरी र भोजराज चौधरी,एन प्याब्सन लुम्बिनी प्रदेशका सचिव […]
वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले […]
दाङ । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । बिहान साढे ११ बजे प्रदेश सभाको […]
कास्की । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न आठ सदस्यीय छानविन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् । त्यस्तै समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज […]
एजेन्सी । युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका,रूस र युक्रेनबीच साउदी अरबमा छलफल हुने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन तीनै देशका अधिकारीहरू केही दिनमै साउदी अरब जाने भएका छन् । अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका […]