
Pbu
Lnp
Rgp1
Unsku
Srbpu
Ggp
Rgp
Sgr
pku

Rgs
Bbu
Rsb
nsb
Rgu
Vor
Gst
Ssm
Ggd
Ksm
Asm
Hal
Sbs
Sls
Pvg
Bbbpu
Rgu
Tsm
Wsp

Rpp
Pls
Bml
sab
Ptm
bbt
Syp
Gsb
Jmb
Mks
Jmb
Rmb
Abd
दाङ । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगरी बैठक बस्ने कार्यसूची तयार भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनकालागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको हो । प्रदेश सभाको बैठकलाई बिशेष संशोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
