
Ratbs
Ssbus
Bksbus5
dsbus
Gsbus
Amb
Syees
syysr
Rbs
Csbus
gms
Nssbus7
Ddhbs
Gsl
Pbu
Jsbus

Rgs
nsb
Rgu
Wsp
Rgu
Vor
Tsm
Sls
Bbbpu
Asm
Sbs
Pvg
Ksm
Gst
Hal
Ggd
Ssm
Bbu
Rsb

Syp
Abd
Mks
Ptm
Rpp
Gsb
Bml
sab
Rmb
Jmb
bbt
Pls
Jmb
एजेन्सी । युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका,रूस र युक्रेनबीच साउदी अरबमा छलफल हुने भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन तीनै देशका अधिकारीहरू केही दिनमै साउदी अरब जाने भएका छन् । अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ विटकफ साउदी अरब जानेछन् ।
उनीहरू कहिले जाने भन्ने यकिन नभइसकेको रोयटर्सले जनाएको छ । प्रारम्भिक छलफलका लागि रूसबाट कुन कुन अधिकारी साउदी अरब पुग्नेछन् भन्ने यकिन नभएको पनि ह्वाइट हाउसका अधिकारी माइकल मिककोलले रोयटर्सलाई बताएका छन् ।
ती अधिकारीहरूले साउदी अरबमा ट्रम्प, पुटिन र जेलेन्स्कीको भेटवार्ता र छलफलको वातावरण तय गर्ने भनिएको छ ।
त्यस्तै यसअघि माघ २२ गते अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी समकक्षी पुटिनसँग लामो टेलिफोन वार्ता गरेका थिए । वार्ताका क्रममा उनीहरूबीच युक्रेनमा जारी युद्ध अन्त्यका लागि छलफल भएको भनेर ट्रम्पले सार्वजनिक गरेका थिए ।
त्यतिबेला उनले मध्यस्तका लागि अमेरिकाले विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाएको बताएका थिए । ट्रम्पले युद्ध रोक्नका लागि पुटिन पनि सकारात्मक भएको टेलिफोन वार्ताबारे जेलेन्स्कीलाई पनि जानकारी गराउने भनेका थिए ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनलाई साउदी नबोलाइएको बताएका छन् । जर्मनीमा शुक्रबार भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले आफू त्यसबारेमा अवगत नभएको जानकारी गराएका थिए । उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ।
म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए । त्यसपछि युक्रेनलाई सहायता गर्दै आएका युरोपेली मुलुकका प्रतिनिधिहरूले भान्सलाई किएभको सुरक्षाको ज्ञारेन्टी अमेरिकाले लिन सक्छ भनेर प्रश्न गरेका थिए । यस्तै वार्तामा सहभागी नगराउने भनेपछि युरोपेली मुलुकहरू झस्किएको रोयटर्सले जनाएको छ ।
त्यस्तै यता अमेरिकी विदेशमन्त्री रूबिओले रूसी विदेशमन्त्री सर्गेई लावरोवसँग शनिबार कुराकानी भएको बताइएको छ । रूसी विदेश मन्त्रालयले ट्रम्प र पुटिनबीच भेटवार्ताका लागि दुई देशबीच नियमित सम्पर्क भइरहेको बताएको छ । पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले चाँडै नै दुई देशका राष्ट्रप्रमुखहरुले एक अर्काको देश भ्रमण गर्ने पनि बताएका थिए । ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका थिए।
यस्तै रूसविरूद्ध लड्न युक्रेनलाई अमेरिकाले हतियार र पैसा दिँदै आएको छ। त्यसका बाबजुद पनि खासै परिणाम नदेखिएपछि युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्नुपर्छ भन्ने पक्षमा रहनेहरूमध्ये ट्रम्प पनि एक हुन् ।
