
Dbc
pvg
Pbu
snmbs
Snmbs
rgs
Dpm
Snmbs
Amb
Sdc
Gesld
Ges
dpm
Mbf
sjnsplk


काठमाडौँ। कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतमै कर्मचारीबाट नियम उल्लङ्घनगरेको पाइएको छ। वैशाख ३ गते अदालतको अनुगमन महाशाखाले गरेको आकस्मिक हाजिरी तथा ‘ड्रेसकोड’ अनुगमनमा नियम उल्लङ्घन गरेको पाइएको हो।
सर्वोच्च अदालत प्रशासनका अनुसार अनुगमनका क्रममा बिहान ९:०० बजेपछि कार्यालय प्रवेश गर्ने ८२ जना कर्मचारी भेटिएका छन्। यस्तै, २२ जना कर्मचारी तोकिएको पोसाकविपरीत जिन्स र टिसर्ट लगाएर आएको पाइएको थियो।
त्यसैगरी, बिदा स्वीकृत नगरी वा पूर्वजानकारी बिना अनुपस्थित रहने कर्मचारीको सङ्ख्या ७० रहेको उल्लेख गरिएको छ। वैशाख २ गते गरिएको अर्को छड्के अनुगमनमा ९ जना कर्मचारी भने हाजिरी मात्रै गरेर आफ्नो कार्यकक्षमा नभेटिएको जानकारी दिइएको छ।
अदालत प्रशासनले कर्मचारीलाई तोकिएको समयभित्र अनिवार्य रूपमा उपस्थित भई निर्धारित पोसाकमै कार्यालय प्रवेश गर्न निर्देशन दिएको छ। साथै, सेवाग्राहीबाट गुनासो नआउने गरी जिम्मेवारी पूरा गर्न शाखा प्रमुखको निर्देशनमा काम गर्न भनिएको छ।
अबदेखि बिहान ९:१५ बजेपछि तथा बेलुका ५:०० बजेअघि हाजिरी मेसिनले हाजिर नलिने व्यवस्था गरिएको छ। अनुगमन महाशाखाबाट यस्तो अनुगमन निरन्तर रूपमा जारी रहने अदालतले जनाएको छ।
