
Csbus
Gsl
Ratbs
Syees
Ssbus
syysr
Pbu
dsbus
Amb
Bksbus5
Gsbus
Nssbus7
gms
Rbs
Jsbus
Ddhbs

Bbu
Rgu
Rgu
Hal
Asm
Sbs
Gst
Ggd
Pvg
Sls
Ssm
Rsb
Vor
Ksm
Rgs
nsb
Tsm
Bbbpu
Wsp

Jmb
Rpp
Syp
bbt
Bml
Rmb
sab
Pls
Abd
Mks
Jmb
Gsb
Ptm
दाङ । देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयको खेलकुद सप्ताहका विजेताहरूलाई आइतबार पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको शैक्षिक क्यालेण्डर अनुरुप माघ २४ गतेदेखि -३० गतेसम्म सञ्चालन भएको बृहत खेलकुद सप्ताह कार्यक्रम मार्फत विभिन्न विधाहरुमा प्रथम,द्वितीय,तृतीय एवं उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
विद्यालयको मावि तह नेपाली शिक्षिका सीमा पोखरेल (भुसाल)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल भु-माण्डप केसीले खेलकुदले अनुशासन सिकाउने र एककृत गरेर सामूहिक निर्णय गर्न सहयोग पुराउने बताएका छन् । खेलकुदले मानिसलाई स्वस्थ राख्नमा पनि मद्दत पुर्याउने प्रिन्सिपल केसीले बताए ।
स्कुलले वार्षिक क्यालेण्डर अनुरूप विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै माघ २४ गतेदेखि ३० गतेसम्म बृहत खेलकुद सप्ताह प्रतियोगिता सञ्चालन गरेको र उक्त प्रतियोगिता मार्फत विजेता हुने विद्यार्थीहरूलाई बधाई दिँदै पराजित हुने खेलाडी विद्यार्थीलाई आगामी दिनमा निरन्तर प्रयास गर्दै अघि बढ्न समेत प्रिन्सिपल केसीले आग्रह गरे ।
स्कुलले खेलकुदसँगै विभिन्न विधामा विद्यार्थीहरूको रुचि,चाहना अनुरूप पढाइसँगै अतिरिक्त क्रियाकलापहरू गराउँदै अघि बढेको र किताब बिनाको शुक्रबारलाइ अभियानकै रूपमा अघि सारेको समेत प्रिन्सिपल केसीले जानकारी दिए ।
त्यस्तै उनले देउखुरी क्षेत्रमा देउखुरी पब्लिक स्कुल भिन्दै किसिमले शिक्षा प्रदान गर्ने उद्देश्यका साथ निरन्तर अघि बढेको हुँदा आफ्ना बालबालिकालाई समयमा भर्ना गरी सित सुरक्षित गर्न समेत सम्पूर्ण अभिभावकहरूलाई आग्रह गरेका छन् ।
यस्तै विद्यालयले २०८१ सालमा तीर्थराज पाण्डेको संयोजकत्वमा गठन गरेको ५ जनाको इसिए कमिटीलाई प्रिन्सिपल केसीले भङ्ग गरेका छन् ,भने अब ८२ का लागि विद्यालय व्यवस्थापन समितिको बैठकद्वारा पुनः नयाँ इसिए कमिटी गठन गरिने प्रिन्सिपल केसीले जनाएका छन् ।
यस्तै फाल्गुन ७ गते हुने स्कुलको १७ औँ वार्षिकोत्सवको कार्यक्रमको समुद्घाटन लुम्बिनी प्रदेश सरकार उर्जा,जलस्रोत तथा सिचाई मन्त्री सिता शर्मा (चौधरी)ले गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि अतिथि लगायत सम्पूर्ण अभिभावक,विद्यार्थीलाई आग्रह गरेका छन् ।
अतिरिक्त क्रियाकलापका संयोजक तीर्थराज पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य रतनकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यार्थीहरूलाई यसैगरी आगामी दिनमा निरन्तर पढाइसँगै खेलकुदलाई अँगाल्दै अघि बढ्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् । अ-स्वस्थ कारण संक्षिप्त भनाइ राखेका प्रमुख अतिथि केसीले खेलकुद खेल्नको लागि मात्र नभएर सहभागी हुनु पनि ठूलो कुरा रहेको बताए ।
त्यस्तै उनले विद्यालयले अहिले विद्यार्थीहरूको चाहना अनुरुप नै विभिन्न विधामा अतिरिक्त क्रियाकलापसँगै गुणस्तर शिक्षा प्रदान गर्दै अघि बढेको हुँदा निर्धक्क भएर आफ्नो बालबालिकाको सिटहरू सुनिश्चित गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएकोथियो भने उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अङ्ग्रेजी शिक्षक सन्दीप खनालले गरेका थिए ।
त्यस्तै उक्त कार्यक्रमको समापन गर्दै अतिरिक्त क्रियाकलापका संयोजक तीर्थराज पाण्डेले आफूलाई विद्यालयले विश्वास गरेर यति ठूलो जिम्मेवारी सुम्पिएर सो अवसर प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले आफ्नो विवेकले भ्याए जति विद्यार्थीहरूलाई दिनुपर्ने कला,सीपहरू प्रदान गर्ने प्रयत्न गरेको बताए । विद्यालय परिवार र विशेष प्रिन्सिपल भू-माण्डप केसीलाई उनले हार्दिक धन्यवाद समेत व्यक्त गरे ।
