
Pbu
Ssbus
dsbus
Ddhbs
Gsbus
Ratbs
Csbus
Amb
Nssbus7
Gsl
Syees
Jsbus
Rbs
syysr
Bksbus5
gms

Gst
Rsb
Bbu
Rgu
Ssm
Rgs
Sls
Rgu
Ksm
Wsp
Bbbpu
Hal
Ggd
Tsm
nsb
Sbs
Pvg
Asm
Vor

Pls
Syp
Mks
Rpp
Jmb
Abd
Bml
sab
Jmb
Gsb
Ptm
bbt
Rmb
धनगढी । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३, भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।
उनीहरू सहोदर दाजुभाइ हुन्। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार बिहीबार मरेको कुखुराको मासु खाएपछि बिरामी परेका उनीहरूलाई शुक्रबार उपचारका लागि धनगढी ल्याइएको थियो।
घटनामा मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार पनि बिरामी परेका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेका थिए। घटना बिहीबार भएको भए पनि शुक्रबार मात्र प्रहरीलाई जानकारी गराइएको थियो।
फार्म सञ्चालक मंगल साउँद आफैं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई कागज गरेका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
