काठमाडौँ । देशका विभिन्न स्थानहरुमा ४ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाही,बागमती नगरपालिका -१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी, छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन् । रौतहट, बौधीमाई नगरपालिका -५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै ताप्लेजुङ,मेरिङदेन गाउँपालिका वडा नम्बर २, पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।