
Gsl
dsbus
Csbus
Ssbus
Rsbus
Ksbus
Bsbus
Ksbus
Nssbus7
Lsbus
Gsbus
Pbu
Jsbus
Ssbus
bpmhl
Bksbus5
gms
Ksbus
Ssbus

Ksm
Sbs
Asm
Rgs
Rgu
Vor
Rsb
Rgu
Bbu
Ggd
Ssm
Hal
Tsm
Sls
Gst
Pvg
Bbbpu
nsb
Wsp

Pls
Jmb
sab
Gsb
Abd
Mks
Rpp
bbt
Rmb
Bml
Jmb
Ptm
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री फेला परेका छन् ।
मंगलबार गरिएको अनुगमनमा खुद्रा, थोक तथा मासु पसलहरूमा बिक्रीका लागि राखिएका केही खाद्य सामग्रीको उपभोग्य अवधि समाप्त भएको पाइएपछि ती सामग्री तत्काल जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरको समन्वयमा दुई छुट्टाछुट्टै टाेली द्वारा वडा नं. १, ३, ६, ७ र ८ अन्तर्गतका भित्री गाउँहरूमा सञ्चालनमा रहेका ६५ वटा पसलको अनुगमन गरिएको थियो।
अनुगमन समितिका सदस्य तथा गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यका अनुसार म्याद सकिएको वा नसकिएको , मूल्य सूची राखेको वा नराखेको, व्यवसाय दर्ता तथा नवीकरण गरेको वा नगरेको, लेबलमा जानकारी उल्लेख भएको वा नभएको जस्ता विषयमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा केही पसलहरूमा मूल्य सूची नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण नगरिएको पाइएकाले ती पसलहरूलाई एक हप्ताभित्र यस्ता कुराहरु सुधार्न निर्देशन दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका खाद्य निरीक्षक सुदर्शन गोसाईका अनुसार म्याद गुज्रिएका उपभोग्य वस्तु भेटिएका पसल सञ्चालकहरूलाई पहिलोपटक आगामी दिनमा यस्ता वस्तुहरू बिक्रीवितरण नगर्न सचेत गराइएको छ ।
अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुल्सीपुरका निरीक्षक, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।
राप्ती गाउँपालिकाले उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
