
Ksb
Usb
jsb
Tgp
Fmb
Ppu
Ssb
Rks
Gsb
Csb
Nsb
Rsb
Bsn
Ssb
Ksb
Ksb

Gsb
Tsb
Ssb
Usb
Hl1

ptl
Rgu
Nps
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएको छ ।
प्राधिकरणले बुधबार आज सार्वजनिक सूचना जारी गर्दै ५ हजार मेगावाटका जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
विद्युत प्राधिकरण सञ्चालक समितिको गत १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरूप उत्पादन क्षमता पुर्याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सञ्चालक समितिको उक्त निर्णय बमोजिम प्राधिकरणले अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर) परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई आवहन गरेको छ । प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौताका प्राधिकरणले सम्पर्क गर्न आउन सूचनामा भनिएको छ ।
यस्तै प्राधिकरणले १ हजार ८५९ मेगावाटका आरओआर आयोजना र ३ हजार १ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने लागेको जनाएको छ । सरकारले स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्रले सन् २०३५ सम्म नेपालको कूल विद्युत जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य राखेको छ । प्राधिकरणका अनुसार उक्त लक्ष्य प्राप्तिका लागि हाललाई १२ चैत २०८१ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट भन्दा बढी क्षमताका विभिन्न प्रारूपका जलविद्युत् आयोजनाहरूको ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत् खरिद बिक्री सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो ।
यस्तै उक्त निर्णय अनुसार ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूसँग क्रमशः विद्युत् खरिद बिक्री सम्झौताको कारबाही अगाडी बढाउने निर्णय विद्युत् प्राधिकरण व्यवस्थापनले ३० वैशाखमा गरेको प्राधिकरणले उल्लेख गरेको छ । पीपीएको पाइपलाइनमा रहेका ५४ आयोजनाहरूलाई ३० दिनभित्र दिनभित्र अद्यावधिक विवरण तथा कागजातहरू सहितको निवेदन साथ विद्युत् व्यापार विभागमा सम्पर्क गर्न पनि प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।
सञ्चालनमा रहेका र वित्तीय व्यवस्था भई निर्माणाधीन प्रसारण लाइन तथा सवस्टेशनहरू अनुमानित निर्माण सम्पन्न हुने मिति समेत मध्यनजर गरी निर्वाध रूपमा विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउने प्राधिकरणले जनाएको छ । २०८०/८१ सम्ममा नेपाल विद्युत प्राधिकरणले जम्मा १० हजार ३०१ मेगावाट जडित क्षमताका विद्युत आयोजनाहरुको लागि विद्युत खरिद बिक्री सम्झौता गरेको छ ।
