
Asb
Ggp
Dus
Rgp
Lnp
Rgp
Pbu
Rgp
Jns
Ggp
ksb
Usb
lnp
Dbs
Sgp
Rgp
Lks


दाङ । गढवा गाउँपालिकाले गरेको बिकास योजनाहरुको मोडेलको अध्ययन अवलोकन गर्न गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ को टोली शुक्रवार दाङको गढवामा आएको छ ।
जनप्रतिनिधी,कर्मचारी र टोल बिकास संस्थाका अगुवाहरुले गढवा गाउँपालिका वडा नम्बर ५ ले टोल बिकास संस्थाहरुको अगुवाईमा भए गरेका कामहरुबारे स्थलगत अवलोकन तथा छलफल र अन्तरक्रिया गरेको हो । टोलीलाई गढवा गाउँपालिका वडा नम्बर ५ ले एक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको छ ।
टोलीले गढवाको ५ नम्बर वडाले टोल बिकास संस्थाहरु मार्फत भए गरेका कामहरुबारे जानकारी लिएका छन् । टोल बिकास संस्था गठन परिचालन र बिकास योजनाका चरणहरुबारे कार्यक्रममा दोहोरो संवाद गरिएको वडा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । गढवा गाउँपालिका वडा नम्बर ५ ले साबिकका वडाहरु तथा टोलहरुलाई समेटेर टोल बिकास संस्थाहरु गठन गरि सो मार्फत स्थानीय सरकारका बिकास योजनाहरुका कामहरु सम्पन्न गरेको नमूना अभ्यासलाई अध्ययन गर्न गुल्मीको धुर्कोट गाउँपालिका ३ बाट दाङ आएको वडा सचिव नारायण पन्थीले जानकारी दिए ।
गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा धुर्कोट गाउँपालिका गुल्मीका जनप्रतिनिधी चक्र शुन्दर घर्ती मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाले स्थानीय सरकार सञ्चालन ऐनमा ब्यवस्था भएबमोजिम टोल बिकास संस्थाहरु गठन र परिचालनको माध्यमबाट स्थानीय तहमा बिकास निर्माण लगायत हरेक कार्यसम्पादनमा सहज भएको बताए ।
भौतिक बिकासदेखि मानव शुसांकको बिकासमा टोल बिकास संस्थाहरुको महत्वपूर्ण भूमिका रहने उनले बताए । हामी बजेट सिलिङ आएपछि टोल बिकास संस्थाहरुलाई सुम्पिन्छौं, वडा सदस्यहरुको कलष्टर बिभाजन गरेर जनप्रतिनिधी र टोल बिकास संस्थाहरुको अगुवाईमा टोलभेला गरि विवादरहित ढंगबाट योजनाको छनौैट,उपभोक्ता समितिको गठन, कार्यसम्पन्न र फरफारक सहजै भएको उनले बताए । बिकास योजनाहरुका सबै चरणहरु पार गर्दै अनुगमन र सुपर्विक्षणमा ध्यान दिदै नमूना योग्य ढंगले काम गर्न सकिएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा धुर्कोट गाउँपालिका–३ गुल्मीका वडा सचिव नारायण पन्थीले आफ्नो वडा र पालिकामा टोल बिकास संस्थाहरु मार्फत भए गरेका कामहरु र धुर्कोट गाउँपालिकाको भौगोलीक र पर्यटकीय चिनारी प्रस्तुत गरेका थिए । टोल बिकास संस्थाका अध्यक्ष गिता बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव राम नरेश यादवले गरेका थिए ।
टोलीले गढवा गाउँपालिकाको प्रशासकीय भवन, कार्यसम्पादन र गढवा गाउँपालिकाले गरेका बिकास योजनाका मोडेलहरु अध्यययन तथा अवलोकन समेत गरेको छ ।
