
syysr
Gsbus
dsbus
Ratbs
Csbus
Ssbus
Ddhbs
Nssbus7
gms
Amb
Rbs
Syees
Pbu
Jsbus
Gsl
Bksbus5

Bbu
Sbs
Bbbpu
Ssm
Rgs
Ggd
Wsp
Sls
Rsb
Vor
Rgu
Rgu
Pvg
Asm
Ksm
Hal
Tsm
Gst
nsb

bbt
Jmb
Gsb
Rpp
Rmb
sab
Bml
Syp
Pls
Mks
Abd
Jmb
Ptm
दाङ । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कमा एकै परिवारका चार नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन् ।
मृतकमध्ये दुई जना बालबालिका, एक महिला र एक पुरुष रहेका छन् । म्यानेसास पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरुलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेका प्रहरीले घरको तल्लो तलामा चार जना व्यक्तिलाई गोली प्रहारबाट मृत अवस्थामा फेला पारेका थिए।
प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय एक बालक र आठ वर्षीय एक बालिका छन् । घटना स्थलबाट एक थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । हालसम्म गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन ।
त्यस्तै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ भने शवहरु परीक्षणका लागि म्यानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ ।
