
bpmhl
Pbu
Rsbus
Bsbus
dsbus
Csbus
Gsbus
Ssbus
Bksbus5
Ssbus
Ksbus
Ksbus
Nssbus7
gms
Jsbus
Lsbus
Gsl
Ssbus
Ksbus

Ksm
Tsm
Ggd
Rgu
Sls
Wsp
Ssm
Sbs
Bbu
Pvg
Bbbpu
Rgu
Rsb
Rgs
Hal
Gst
nsb
Vor
Asm

Rpp
bbt
Mks
sab
Jmb
Rmb
Pls
Bml
Abd
Syp
Gsb
Jmb
Ptm
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले सरकार र राजनीतिक दलहरुलाई नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले नेपालमा लामो समयदेखि भाइरसका रुपमा नातावाद, कृपावाद,चाप्लुसीवाद र चाकरीवादले जरा गाडेर बसेको टिप्पणी गरे । उनले भने, ‘यो भाइरस नेपाल एकीकरणपछिको कालखण्डदेखि सुरु भई विभिन्न राजनीतिक परिवर्तन राणा शासन, २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६३ सालको आन्दोलनपछि पनि समाप्त हुन सकेको छैन। यो प्रवृत्तिले अझैसम्म पनि देशलाई छोडेको छैन ।’
नयाँ सरकार र नयाँ सांसदहरूलाई यस प्रवृत्तिबाट मुक्त हुन नसकेको बताए । उनले थपे, ‘अबदेखि कुनै पनि नेता वा मन्त्रीले आफ्ना नातागोता, आफन्त वा इष्टमित्रलाई लाभ हुने पदमा नियुक्ति गरेको खबर सुन्न नपरोस्। यस्तो कार्य जारी रहेमा अन्ततः घाटा राजनीतिक दल र नेताहरुकै हुनेछ ।’
त्यस्तै उनले जनताको समर्थनमा सरकार सञ्चालन गर्न चाहने जोसुकैले पनि पारदर्शिता र योग्यतामा आधारित नियुक्ति प्रणाली अपनाउनुपर्ने बताए। नेपालको आर्थिक विकासका लागि विज्ञान तथा प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । अनुसन्धान,नवप्रवर्तन र प्रविधि विकासका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने तथा बलियो मन्त्रालय गठन गर्नुपर्ने बताए ।
