
Ggp
Pbu
Sgp
Lnp
Rgp
Lks
Usb
Rgp
Dus
Rgp
ksb
Ggp
Jns
Rgp
Asb
Dbs
lnp


काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर -८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।
आज दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने ।
त्यस्तै एक लाइनमा करिब ३०-३५ पसल थिए । ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए । मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।
