
Ggp
Rgp
Asb
Rgp
Lnp
Rgp
Jns
lnp
Dus
Sgp
Pbu
Lks
ksb
Rgp
Ggp
Usb
Dbs


काठमाडौँ । नेपाल सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रवार आज बिहानैबाट खोजी कार्य सुरु भएको छ ।
यसक्रममा एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सह–प्रवक्ता शैलेन्द्र थापाले आज बिहान जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको जानकारी दिए । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपदको पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत रहेका थिए ।
त्यस्तै उनिहरुसहित ५६ जनाको टोली बिहीबार ७ः४५ बजेदेखि नै विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएका थिए । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा उनिहरु बेपत्ता भएका थिए ।उनीँहरुको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ । सो क्रममा दिउँसो १५ः१० बजे नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका हुन् ।
यस्तै उनिहरुको खोजी कार्यलाई तीव्रता दिइएको छ। शुत्रवार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि विजय हमालको कमान्डमा चार जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद व्यवस्थापन तालिम प्राप्तसहित डिएसपि विपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ । थप खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा पाँच जना गोताखोरलाइ बिहीवार राति १०ः४५ बजे त्यसतर्फ पठाइएको जानकारी दिए। २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यस यता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन्।
त्यस्तै उनले घटनास्थल, पानीको बहाब र अन्य कुरा फिल्डमा नै नहेरी भन्न नसकिने बताए । यो तालिम नभइ मनसुनजन्य विपद उद्धारको पूर्व तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास हो । यस प्रकारका अभ्यास अहिले देशभरि नै भइरहेका छन्। बेपत्ता भएका उनीहरू दुबै जनाले २०८०/८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन्, त्यसपछि उद्धारका लागि विभिन्न ठाउँमा खटिएका थिए तर उनीहरु गोताखोर प्रशिक्षक होइनन् र हिजो भएको पनि प्रशिक्षण नभइ तीन÷चार दिनको उद्धार अभ्यास हो।
