राप्रपाका नेता तथा पूर्व मन्त्री बालाराम घर्ती मगरको निधन

काठमाडौं । राप्रपाका पुराना नेता तथा पूर्व मन्त्री बालाराम घर्ती मगरको आज निधन भएको छ । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा ८७ वर्षीय घर्ती मगरको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै हाल राप्रपाको उनि केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्ती मगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।

देउखुरी पब्लिक स्कूलमा गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

दाङ । लमही -६,देउपुर स्थित देउखुरी पब्लिक स्कुलले विविध कार्यक्रम गरी बिहीवार गुरु पूर्णिमा मनाएको छ । स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा कार्यक्रम मनाएको हो । स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरुप्रति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए ।त्यस्तै उनिहरुले गुरुहरु प्रति श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक लगायतका खानेकुरा दिएर […]

ऐन नियमावली अनुरुप सहकारी सञ्चालन गर्नुपर्छ, उपाध्यक्ष यादव

दाङ । पछिल्लो चरणमा सहकारीहरुमा देखिएको बिकृति विसंगतिलाई अन्त्य गर्न सहकारी ऐन र नियमावली बमोजिम सहकारीहरु सञ्चालन गर्नुपर्ने देउखुरीको राजपुरमा आयोजित एक कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले बताएकि छिन् ।जसले सहकारी ऐन नियम र सिद्धान्तहरुलाई मिचेर जान्छ त्यो सहकारी डुब्यो भनेर जाने हुन्छ । कतिपय सहकारीहरु कर्मचारीको विश्वाँस गर्दा डुबेका छन् भने कतिपय […]

राप्ती गापाका न्यायिक समितिद्वारा ४७ वटा विवाद निरुपण

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको न्यायिक समितिद्वारा आर्थिक वर्ष २०८१/०८२ मा ४७ वटा विवादहरू निरुपण गरिएको छ। चालू आर्थिक वर्षको असार महिनासम्म समितिमा ५५ वटा विवाद दर्ता भएका थिए। तीमध्ये ४७ वटा विवाद निरुपण गरिएको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमलापति चौधरीले जानकारी दिए । उनका अनुसार ती विवादहरु मेलमिलापको माध्यमबाट समाधान गरिएका हुन् । […]

आज गुरु पूर्णिमा,शिष्यहरुद्वारा गुरु प्रति श्रद्धाभाव प्रकट गरि मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी आज भव्य साथ मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको छ । त्यस्तै वेदव्यासले वेदान्त,अठार पुराण,उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई […]

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

दाङ । पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–३,फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर–१५,विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल […]

आज सरकारी भुक्तानीको अन्तिम दिन,एकैदिन १ खर्ब ९५ अर्ब बढीको चेक काट्नुपर्ने बाध्यता

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ । यस्तै मंगलबारसम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि […]

रसुवाको बाढीमा बेपत्ता ९ जनाको शव भेटियो,१९ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । यस्तै बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता रहेका छन् । मंगलबार बिहानदेखि आएको बाढीमा चपेटमा परेका ५७ जनाको भने उद्धार भएको नेपाल प्रहरीले जानकारी गराएको छ । बेपत्ता हुनेमा ११ जना सर्वसाधारण,२ जना प्रहरी र ६ चिनियाँ नागरिक रहेका […]

लमही नपा-५,को वडा कार्यालयद्वारा अति विपन्न ११ घरधुरीलाई नि:शुल्क धारा जडान

दाङ । लमही नगरपालिका वडा नम्बर–५,ले वडाभित्र रहेका अति विपन्न ११ घरधुरीलाई नि:शुल्क रुपमा खानेपानीका धारा जडान गरी औपचारिक रुपमा हस्तान्तरण गरेको छ । दैनिक जीवनयापनमा अत्यधिक कठिनाइ भोगिरहेका,पानीको पहुँचबाट टाढा रहेका परिवारहरूलाई लक्षित गर्दै वडा कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो । खानेपानी सेवा हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले भनिन्, “पानी […]

नेपालको सामाजिक समानता,समृद्धि र वैकल्पिक बाटो

गणेश आचार्य/नेपालमा राजनीतिक,आर्थिक र सामाजिक पद्धतिहरूको गहिरो विश्लेषण गर्दा,नेपालका लागि वैकल्पिक व्यवस्थाले पूंजीवादी व्यवस्थाको तुलनामा अधिक समानता र समृद्धिको सम्भावना प्रदान गर्न सक्छ । तर त्यो बैकल्पिक ब्यबस्था के हो त्यो मुख्य चासो र सरोकारको विषय हो । नेपाली समाजको संरचना, इतिहास र समकालीन राजनीतिक र आर्थिक परिप्रेक्ष्यलाई गहिरो रूपमा विश्लेषण गर्दा, वैकल्पिक व्यवस्थाले कस्तो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]