
Fmb
Bsn
Rsb
Ssb
Tgp
Ksb
Gsb
Ppu
Csb
Usb
jsb
Nsb
Ksb
Ssb
Ksb
Rks

Gsb
Ssb
Tsb
Hl1
Usb

Rgu
Nps
ptl
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । यस्तै बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता रहेका छन् ।
मंगलबार बिहानदेखि आएको बाढीमा चपेटमा परेका ५७ जनाको भने उद्धार भएको नेपाल प्रहरीले जानकारी गराएको छ । बेपत्ता हुनेमा ११ जना सर्वसाधारण,२ जना प्रहरी र ६ चिनियाँ नागरिक रहेका छन् । बाढीमा बगेर बेपत्ता भएका एक जना प्रहरीको शव भने चितवनमा फेला परेको छ ।
त्यस्तै रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका –२९ पन्ध्रकिलोमा फेला परेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
यस्तै बेपत्ता भएको खोजीकार्यमा ३८३ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट रसुवाको गोसाईकुण्ड गाउँपालिकाको १, २ र ३ वडा, आमाछोदिङ्मो गाउँपालिको १, २, ४ र ५ वडा, उत्तरगया गाउँपालिकाको २, ४ र ५ वडाका साथै कालिका गाउँपालिकाको १ नम्बर वडा सबभन्दा बढी प्रभावित भएका छन् ।
त्यस्तै रसुवाको भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने ) मा मंगलबार बिहान आएको भीषण बाढीले धनजनको ठूलो क्षति भएको छ । बाढीले नेपाल–चीन जोड्ने सीमा–नाकाको मितेरी पुल नै बगाएपछि दुई देशबीचको सीमा व्यापारसमेत ठप्प भएको छ ।
