
Rksr-7
jsbr-3
Msbg-2
Gsbr-6
Jsbg-7
Gsbg-3
Pbu
Csbg-7
ksbl-7
Usbl-7
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरुको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । […]
दाङ । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल भाव बोकेको लमही जेसीजले शनिबार रक्तदान र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । लमही जेसीजका अध्यक्ष जेसी रामदिन चौधरीको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यत र रेडक्रस सोसाइटी लमहीका उपाध्यक्ष पुजा शर्माको विशिष्ट आतिथ्यतामा बृहत रुपमा […]
धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका वडा नम्बर–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका वडा नम्बर–१ नगराउ बस्ने […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कुलमा २१२ औं भानु जयन्तीको पूर्व सन्ध्यामा नेपाली साहित्य विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप समितिका समयोजक कुबिर गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देउखुरी क्षेत्रका साहित्यकार तथा पूर्व शिक्षक शेर बहादुर चौधरी एवम् स्कुलका प्रधानाध्यापक […]
बाँके । गृहमन्त्री रमेश लेखेकको निर्देशनलाई ठाडो उलंघन गर्दै बाँकेमा कार्यरत सशस्त्र प्रहरीका असई सोमराज शर्माले खुलेआम स्याउ तस्करीसंग २ लाख ५० हजारको (स्याउ भित्र) महङ्गो फ्लेवर”पास गराउन दिनको ५/५ हजार मागेको अडियो सार्वजनिक भएको छ । बाँकेको नेपालगन्ज भान्सारमा खुलेआम तस्करसँग बार्गेनिङ हुँदै तस्करी हुने गरेको प्रमाण फेला सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र […]
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन) दाङले सल्लाहकार मनोनयन गरेको छ । शुक्रबार आज बसेको सचिवालय बैठकले सल्लाहकार मनोनयन गरेको हो । प्याब्सन दाङको सल्लाहकारमा जीवन कुमार आचार्य,विनय कुमार मिश्र र सुरेन्द्र जिसीलाई सल्लाहकारमा मनोनयन गरेको हो । त्यस्तै बैठकले आगामी साउन ७ गते प्रधानाध्यापक तथा विद्यालय सञ्चालक समितिका अध्यक्षहरुको संयुक्त भेला […]
दाङ । गढवा गाउँपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक विद्यालयहरुलाई सम्मान गरेको छ। बिहीबार गढवाको जनता माध्यमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा महासंघ गढवाका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख […]
काठमाडौं । राप्रपाका पुराना नेता तथा पूर्व मन्त्री बालाराम घर्ती मगरको आज निधन भएको छ । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा ८७ वर्षीय घर्ती मगरको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै हाल राप्रपाको उनि केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्ती मगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।
दाङ । लमही -६,देउपुर स्थित देउखुरी पब्लिक स्कुलले विविध कार्यक्रम गरी बिहीवार गुरु पूर्णिमा मनाएको छ । स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा कार्यक्रम मनाएको हो । स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरुप्रति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए ।त्यस्तै उनिहरुले गुरुहरु प्रति श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक लगायतका खानेकुरा दिएर […]
दाङ । पछिल्लो चरणमा सहकारीहरुमा देखिएको बिकृति विसंगतिलाई अन्त्य गर्न सहकारी ऐन र नियमावली बमोजिम सहकारीहरु सञ्चालन गर्नुपर्ने देउखुरीको राजपुरमा आयोजित एक कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले बताएकि छिन् ।जसले सहकारी ऐन नियम र सिद्धान्तहरुलाई मिचेर जान्छ त्यो सहकारी डुब्यो भनेर जाने हुन्छ । कतिपय सहकारीहरु कर्मचारीको विश्वाँस गर्दा डुबेका छन् भने कतिपय […]