
jsb
Gsb
Ksb
Bsn
Ssb
Rsb
Tgp
Ksb
Ksb
Nsb
Ssb
Usb
Ppu
Fmb
Csb
Rks

Hl1
Usb
Ssb
Gsb
Tsb

ptl
Nps
Rgu
दाङ । पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–३,फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर–१५,विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ ।
लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो । वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक थान पेस्तोल,सोमा लाग्ने ४ थान गोली,७ राउन्ड क्षमता भएको एक थान म्याग्जिन बरामद गरेको हो ।
दश दिन अघि नेपाल आएका बुबाले पेस्तोल राख्न दिएपछि आफूले राखेको भन्दै प्रहरीलाई बिकले बयान दिएका छन् । पक्राउ परेका अभियुक्तका बुबा भारतमा लुटपाट र ठगि धन्दा आरोपमा केहिदिन अघि भारतको हरियानामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिए ।
त्यस्तै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । बुबाले मान्दै नमानेर पेस्तोल राख्न दिएकाले फसेको अभियुक्तको भनाई रहेको छ ।
