
Jsbr-3
ksbl-7
Gsbr-6
Csbg-7
Gsbg-3
Pbu
Usbl-7
Msbg-2
Jsbg-7
Rksr-7
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकम सहित पक्राउ परेका छन्। मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुसस हित पक्राउ गरेको हो। त्यस्तै दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको […]
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान एक कार्यक्रमका बीच घोषणा गरेको छ । बुधबार आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । त्यस्तै डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख घुस सहित पक्राउ गरेको छ । आयोगले मंगलबार आज दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको आयोग स्रोतले जानकारी दियो । त्यस्तै उनीसँगै आयोगले कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको छ। उनलाई थुनाका लागि अख्तियारको केन्द्रीय […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस प्रकरणमा मुछिएका उनले आज पदबाट राजीनामा दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उल्लेख गरेका छन् । कहिलेकाहीँ नखाएको विष पनि […]
दाङ । मोटरसाइकल दुर्घटनामा परी दुई जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर ८ घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षिय रोहीत विक र १६ वर्षिय निशान विकको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले उद्यमशीलता प्रवर्द्धन,निजी क्षेत्रको भूमिका र रोजगारी नीतिका विषयमा रोजगार संवाद कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा सोमबार सम्पन्न उक्त कार्यक्रममा उद्योगी,व्यवसायी, रोजगारदाता, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय उत्पादन,बजारीकरण,सीप विकास तथा व्यवसायीक तालिम,उद्यम स्थापना, सरकारी संयन्त्रको भूमिका,युवा रोजगारीको अवसर र चुनौतीलगायत विषयमा छलफल […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बैठक गर्दै छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र यादवसँग संयुक्त बैठक गर्ने तय भएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘मन्त्रि परिषद्को बैठकपछि साँझ […]
दाङ । देउखुरीको लमहीमा तिर्सना ब्युटीपार्लर सोमबार उद्घाटन भएको छ । राजपुर गाउँपालिका वडा नम्बर–७,घर भई हाल लमही नगरपालिका–६,मा बसोबास गर्दै आएकी तिर्सना वलीले लमही नगरपालिका–५,देउपुर रोडमा ‘तिर्सना ब्युटीपार्लर’ सञ्चालनमा ल्याएकी हुन् । उक्त ब्युटीपार्लरको उद्घाटन लमही खानेपानीका पूर्व अध्यक्ष काँशिराम डाँगीले औपचारिक रुपमा गरेका हुन् । उद्घाटन समारोहमा स्थानीय समाजसेवी,व्यवसायी,तथा महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको […]
दाङ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले विद्यालयमा कविता प्रतियोगिता आयोजना गरि मनाएको छ । बिहानी सत्र र दिवा सत्र गरि दुई सत्रमा कार्यक्रम आयोजना गरिएको थियो । बिहानी सत्रमा व्यवस्थापन सङ्कायका ११ जना विद्यार्थीले भाग लिएका थिए । जसमा रुमा चौधरी, रञ्जित चौधरी,योगेश बस्नेत,रेखा कुमाल,सुरेश शर्मा,बिक्की […]
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरुको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । […]