
Csbus
Gsl
Nssbus7
gms
Bksbus5
Ssbus
dsbus
Pbu
Rbs
Jsbus
Ratbs
Gsbus
Ddhbs
Amb

Hal
Tsm
nsb
Rsb
Rgu
Sls
Ggd
Asm
Wsp
Ssm
Rgs
Rgu
Sbs
Vor
Bbu
Pvg
Bbbpu
Gst
Ksm

Rpp
Mks
Jmb
Bml
Abd
Syp
Rmb
bbt
sab
Jmb
Gsb
Ptm
Pls
काठमाडौं । बालश्रम शोषणको आरोपमा पक्राउ परेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । यही कसुरमा यसअघि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भइसकेकाले थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालत,काठमाडौंले भनेको हो।
आफ्नै घरमा काम गर्न राखिएकी बालिकालाई कुटपिट र यातना दिएको कसुरमा काठमाडौं महानगरपालिकाले उनीविरुद्ध उजुरी दिएको थियो। महानगरपालिकाको अनुगमनको क्रममा बालिकाले आफुमाथि हिंसा हुँदै आएको बताएकी थिइन् । सोही आधारमा उनको उद्धार गरी महानगरपालिकाले सांसद शर्माविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । अहिले नयाँ सरकार बनेपछि नयाँ जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो । गत सोमबार प्रहरीले उनलाई बालुवाटारस्थित घरबाट पक्राउ गरेको थियो । नयाँपत्रीका
