
Usbl-7
Msbg-2
Gsbr-6
Pbu
Csbg-7
Jsbr-3
Jsbg-7
ksbl-7
Gsbg-3
Rksr-7


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस प्रकरणमा मुछिएका उनले आज पदबाट राजीनामा दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उल्लेख गरेका छन् । कहिलेकाहीँ नखाएको विष पनि लाग्ने मन्त्री गुप्ताले टिप्पणी गरेका छन् ।
त्यस्तै घुस प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बालुवाटारमा बोलाएर संलग्न व्यक्तिहरुबारे पनि गुप्तासँग सोधपुछ गरेका थिए । अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ ।
यस्तै केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन तथा मन्त्रीको राजीनामाका लागि दबाव बढेको थियो ।
