
Jsbg-7
Msbg-2
Rksr-7
Jsbr-3
Gsbr-6
ksbl-7
Gsbg-3
Usbl-7
Pbu
Csbg-7
काठमाडौ । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकाल्ने भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानोभर्याङ बस्ने २७ वर्षीय सञ्जिव राई छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यस्तै उनले हेल्थ असिस्टेन्ट […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरणसँगै नवप्रवर्तन कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको बिहीबार बसेको बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै उनले ती कार्यक्रममार्फत प्रदेशको समृद्धि र विकासलाई नयाँ उचाइमा पुर्याउन सकिने बताएका हुन् ।`जुन–जुन पालिकामा नवप्रवर्तनका कार्यक्रम लागू भएका छन्, ती […]
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । भोलि (बिहीबार) बाट सुरु हुने आन्दोलन निरन्तर रहने यी दुई संगठनले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरुले […]
दाङ । देउखुरीको गढवामा तिज बिशेष कार्यक्रमहरुको लर्को लागेको पाइएको छ । पुराना मौलिक संस्कृतिहरु लोप हुदै जान थालेपछि दिनहुँ जसो संघसंस्था,बिद्यालय र स्थानीय सरकारका निकायहरुले मौलिक कला संस्कृतिको जगेर्ना गर्ने भन्दै धमाधम तिज बिशेष कार्यक्रमप्रति चाँसो देखाएका छन् । मंगलवार गढवामा मात्र ४ स्थानहरुमा तिज बिशेष कार्यक्रमहरु सम्पन्न भएका छन् । निजी तथा आवासीय […]
दाङ । जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण एक जनाको मृत्यु भएको छ भने थप तीन जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दका अनुसार राप्ती गाउँपालिका–१ का ६० वर्षीय पुरुषको जेई संक्रमणका कारण निधन भएको हो । साउन १८ गते बिरामी भई बुटवलस्थित अस्पतालमा भर्ना भएका उनको […]
दाङ । थारु कल्याणकारिणी सभा दाङले थारु समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुईदिनको सार्वजनिक बिदा माग गरेको छ । सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारी पर्व थारू समुदायको महान पर्व भएकाले यसमा दुईदिन सार्वजनिक बिदा दिनुपर्ने बताए । अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर पूजापाठ गरिन्छ […]
दाङ । देउखुरीको प्रमुख व्यापारिक केन्द्र लमहीमा ‘केजीएफ होटल एण्ड लज’ सोमबारदेखि सञ्चालनमा आएको छ । लमही नगरपालिका वडा नम्बर ५, रातोडाडामा करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको केजीएफ होटल एण्ड लज औपचारिक रुपमा सञ्चालनमा आएको हो । होटलसँगै ‘ग्लोरी स्पा’ नामक अत्याधुनिक सुविधा पनि उपलब्ध गराइएको छ, जसले यस क्षेत्रमा होटल उद्योगको नयाँ […]
दाङ । देउखुरीको भालुबाङस्थित एक होटलमा बास बसेका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १,का ५२ वर्षीय जयधनसिंह बराल रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । भालुबाङ पुल्चोकमा रहेको न्यु थापा होटलमा हिजो बेलुका उनी बास बसेका थिए । तर आज राति करिब ८ बजे मृत्यु […]
काठमाडौं । सर्वोच्च अदालतको परमादेश पछि जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनामाथि गौर हत्याकाण्डमा अनुसन्धान गर्नुपर्ने देखिएको छ । पीडितले दिएको जाहेरी तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अनुसार उनीहरुमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको थियो । अर्थ मन्त्रालयको स्वीकृतसँगै ५ अर्ब रुपैयाँ प्राधिकरणले अल्पकालीन ऋण लिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । त्यस्तै कार्यकारी निर्देशक शाक्यले नगद […]