
Jsbg-7
ksbl-7
Gsbr-6
Pbu
Csbg-7
Jsbr-3
Usbl-7
Rksr-7
Msbg-2
Gsbg-3
काठमाडौं । लिपुलेक हुँदै सीमापार व्यापार गर्ने भारत–चीनको सहमतिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंस्थीत भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लिपुलेक नेपालको सार्वभौम भू–भाग भएकाले भारत–चीनबीच सो क्षेत्रमा व्यापारिक नाका खोल्ने निर्णय विरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार दुतावास अगाडी प्रदर्शन गरेका हुन् । नेपाली भूमिमा हुने यस्ता सम्झौता र हस्ताक्षरहरूले नेपालको राष्ट्रियता,भौगोलिक […]
काठमाडौँ । भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६ अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो । विभागकाअनुसार यो अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृतिको संरक्षण,विकास र प्रवर्द्धनमार्फतै समाजलाई समृद्धिको यात्रामा अघि बढाउन सकिने बताएका छन् । बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्वको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले पारिवारिक सम्बन्ध, कर्तव्यबोध र संस्कारलाई मजबुत बनाउन विशेष योगदान दिने उल्लेख गरे । उनले यस्ता पर्वहरूले पुस्ता-पुस्ताबीच […]
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न सडकखण्डमा सवारी आवतजावत प्रभावित भएको छ। केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । जसअनुसार कोशी प्रदेशको संखुवासभामा अविरल […]
दाङ । देउखुरी पब्लिक सेकेण्डरी स्कुल लमहीले शुक्रबार तिज विशेष कार्यक्रम भव्य साथ सम्पन्न गरेको छ । तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर भव्य साथ मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा पालिकाका विभिन्न वडाका महिलाहरुले सहभागी भई नाचगान प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले चेली र माइतीबीच आपसी एकता, माया–ममता र सांस्कृतिक पहिचानलाई अझ प्रगाढ बनाउन […]
दाङ । गौ संरक्षण तथा छाडा पशु व्यवस्थापनका लागि लमही नगरपालिका वडा नम्बर –६, खैरीमा भदौ १४ देखि २१ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रींगारिक महा आरती आयोजना गरिने भएको छ। वडा अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा बसेको वडा बैठकले उक्त निर्णय गरेको हो। वडा नम्बर ६ मा अस्थायी गौशाला निर्माण गरी छाडा पशु […]
दाङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमही नगर समितिले तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम बिहिबार लमहीमा सम्पन्न गरेको छ । प्रतियोगितामा आधारभूत (कक्षा १ देखि ५) र माध्यमिक (कक्षा ६ देखि १०) दुवै तहमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै आधारभूत विद्यालयतर्फ ज्योतिष्मती विद्यापीठले द्वितीय […]
काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार आज प्रतिनिधिसभा अन्तर्गत शिक्षा,विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । यस्तै विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन् । यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउने गरी पटक–पटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित […]