शिवराज पन्थी/सिधापत्र कर्मी बुधबार, भाद्र ०४, २०८२

दाङ । देउखुरीको गढवामा तिज बिशेष कार्यक्रमहरुको लर्को लागेको पाइएको छ । पुराना मौलिक संस्कृतिहरु लोप हुदै जान थालेपछि दिनहुँ जसो संघसंस्था,बिद्यालय र स्थानीय सरकारका निकायहरुले मौलिक कला संस्कृतिको जगेर्ना गर्ने भन्दै धमाधम तिज बिशेष कार्यक्रमप्रति चाँसो देखाएका छन् ।

मंगलवार गढवामा मात्र ४ स्थानहरुमा तिज बिशेष कार्यक्रमहरु सम्पन्न भएका छन् । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन (प्याप्सन) गढवा पालिकाको आयोजनामा पालिकाभरका निजी बिद्यालयहरु बिच प्रतियोगितात्मक तिज गित र नृत्य सम्पन्न भएको छ । प्याब्सन गढवाका अध्यक्ष तथा शुभतारा माबि का प्रिन्सीपल बिकास रजौरेको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा गढवा गाउँपालिकाको सभाहलमा निजी बिद्यालय स्तरीय तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापा,शिक्षा प्रमुख श्याम बि.क.,शिक्षा समितिका सदस्य गोबिन्द केसी लगायतले तिज पर्वको मौलिकता जोगाउनु पर्नेमा जोड दिए । प्रतियोगितामा सोमईथान बोर्डिङ स्कूल प्रथम,भ्याली पब्लिक बोर्डिङ स्कूल द्धितिय, शुभतारा माबि तृतिय र कोसेली बोर्डिङ स्कूलले तृतिय स्थान हाँसील गरि पुरस्कार तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्याब्सन गढवाका कृष्ण बहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संगिता पाण्डेयले गर्नुभएको थियो भने निर्णयकमा नृत्य प्रशिक्षकहरु रेशमबहादुर शाही र हेमन्त पाण्डे रहेका थिए । यसैगरी गढवा गाउँपालिकाको भिटा परियोजनाका महिला उद्यमी समूह सञ्जाल गढवा ७ को आयोजनामा मानपुरमा तिजबिशेष तथा अत्वारी कार्यक्रम सम्पन्न भएको हो । सञ्जालका अध्यक्ष अमिला राईको अध्यक्षतामा भएको तिज बिशेष कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गरेकि हुन् । कार्यक्रममा जनप्रतिनिधी रेखा थापा,कमला नेपाली,मानबहादुर नेपाली र भिटा परियोजना संयोजक बसन्त कुमार शर्मा लगायतले मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको प्रयोजन वडा नम्बर ७ ले गरेको थियो ।

शारदा खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हिरामोति चौधरीले गरेका थिए । यसैगरी वडा नम्बर ६ को भिटा परियोजना उद्यमशिल महिला समूहको आयोजनामा मनिकापुरमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेले सो कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा हेफर परियोजनाका बरिष्ठ कृषि बिकास अधिकृत महेश आचार्य,भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्मा,सामुदायिक सहजकर्ताहरु आशा श्रेष्ठ, कल्पना चौधरी र जया बिश्वकर्मा लगायतले बोलेका थिए ।

यसैगरी मंगलवार नै समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चको आयोजनामा गढवाको वडा नम्बर ३ गोबरडिहामा बृहत तिज बिशेष र अट्वारी मिलन कार्यक्रम सम्पन्न भएको छ । समाज परिवर्तन मूल समिति गोबरडिहाका अध्यक्ष शोभा रावतको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष तुल्सीराम अधिकारी लगायतले तिज पर्वको मौलिकता लोप हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै कला संस्कृतिको मौलिकता जगेर्ना गर्न आवश्यक रहेको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]