
Rgp
Pbu
Lks
Ggp
Rgp
ksb
Usb
Asb
Rgp
Rgp
Lnp
Ggp
lnp
Dbs
Dus
Sgp
Jns


दाङ । देउखुरीको भालुबाङस्थित एक होटलमा बास बसेका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १,का ५२ वर्षीय जयधनसिंह बराल रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
भालुबाङ पुल्चोकमा रहेको न्यु थापा होटलमा हिजो बेलुका उनी बास बसेका थिए । तर आज राति करिब ८ बजे मृत्यु भएको खबर प्रहरीलाई आएको हो । मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि लमही लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।
त्यस्तै प्रहरीले यस घटनाको बारेमा अनुसन्धान गर्नका लागि अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।
