
Rgp
Dus
Rgp
Ggp
Asb
Ggp
Rgp
Lks
lnp
Sgp
ksb
Rgp
Jns
Lnp
Usb

lms

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।
अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको थियो । अर्थ मन्त्रालयको स्वीकृतसँगै ५ अर्ब रुपैयाँ प्राधिकरणले अल्पकालीन ऋण लिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
त्यस्तै कार्यकारी निर्देशक शाक्यले नगद अभावका कारण ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न ठेक्काको भुक्तानी गर्न सुरु गरिएको बताए । उनले भने,‘ आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृति भएर आएको छ ।
यस्तै उक्त ऋण विभिन्न परियोजना तथा बाँकी भुक्तानीका लागि प्रयोग गरिरहेका छौँ । उनका अनुसार सरकारले ५.३८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो । प्राधिकरणले आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब अल्पकालीन ऋणका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको बताए ।
त्यस्तै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा नगद अभाव भएको र देशभर गुणस्तरीय विद्युतीकरणदेखि क्षमता अभिवृद्धिको काम गर्नुपर्ने भएकाले सरकारसँग ऋण लिएर काम थाल्ने बताए । उनले विद्युत् प्रसारण लाइन क्षमता वृद्धिको लागि ऋण लिनै पर्ने भएकाले प्राधिकरणले ऋण लिएको बताए । उनले यति बेला प्राधिकरण सबैतिरबाट चेपुवामा रहेको भए पनि ब्याज सस्तो हुँदा ऋण दिन सहज अवस्था रहेको बताए ।
