
Ggp
Gfs
Lnp
Djs
Srbpu
cjs
pku
Pes
Rgp
sbs
Sgr
Rgp1
Unsku
Pbu

Tsm
Ssm
Asm
Hal
Vor
Rgs
Pvg
Rgu
Sbs
Wsp
nsb
Ksm
Ggd
Rgu
Rsb
Gst
Bbbpu
Bbu
Sls

Rmb
Jmb
Ptm
sab
Pls
Gsb
Syp
Abd
Jmb
Rpp
Mks
bbt
Bml
दाङ । जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण एक जनाको मृत्यु भएको छ भने थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दका अनुसार राप्ती गाउँपालिका–१ का ६० वर्षीय पुरुषको जेई संक्रमणका कारण निधन भएको हो । साउन १८ गते बिरामी भई बुटवलस्थित अस्पतालमा भर्ना भएका उनको भदौ २ गते उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यो चालु आर्थिक वर्षमा जिल्लामा जेईका कारण मृत्यु भएको पहिलो घटना हो ।
चन्दका अनुसार राप्ती गाउँपालिका–६ का ११ वर्षीय बालक, गढवा गाउँपालिका–६ का ३६ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–१२ की २६ वर्षीय महिलामा समेत जेई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये राप्ती–६ का बालककाे राप्ती आधारभूत अस्पताल कालापानीमा उपचार भई रहेको छ भने अन्य दुई जना जिल्ला बाहिरका अस्पतालमा उपचाररत छन् ।
फोकल पर्सन चन्दका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै जेई बाट बच्ने मुख्य उपाय हो । यो रोग लागेपछि उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, बान्ता हुने र शरीर काप्ने जस्ता लक्षण देखिने उनले जानकारी दिए । राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सुत्ने बेला मच्छरदानी प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउने, घर वरिपरि पानी जम्न नदिने, सरसफाइ गर्ने, लामखुट्टे भगाउने क्रीम प्रयोग गर्ने, बालबालिकालाई जेई को खोप अनिवार्य लगाउने र ज्वरो आएमा वा शंका लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा जानुपर्ने बताए । यसैबीच, राप्ती गाउँपालिकाका विभिन्न वडामा संक्रमित भेटिएपछि त्यहाँका अन्य ज्वरो आएका १६ जना बिरामीको रगत संकलन गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा र स्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा संकलन गरिएका नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने बताइएको छ । साे क्षेत्रमा मंगलबार सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संक्रमण फैलिन नदिन र समयमै उपचार सुनिश्चित गर्न आवश्यक सबै कदम चालिने बताए । साथै उनले नागरिकलाई सचेत रहन र कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरे ।
