
Jsbg-7
Pbu
Gsbr-6
Rksr-7
Msbg-2
Jsbr-3
ksbl-7
Usbl-7
Csbg-7
Gsbg-3
दाङ । देउखुरी पब्लिक स्कुलले आयोजना गरेको तीज फोटो सुट प्रतियोगिता-२०८२” अन्तर्गतको नतिजा मंगलबार घोषणा गरेको छ । आफ्नो स्कुलका महिला अभिभावक लगायत देउखुरी क्षेत्र भित्रका अन्य सम्पूर्ण महिला अभिभावकहरु समेत प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी आयोजना गरेको “तीज फोटो सुट प्रतियोगिता-२०८२” अन्तर्गत नतिजा स्कुलले घोषणा गरेको हो । भाद्र १७ गते गर्ने पूर्ववत जानकारी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित भएको छ। संविधानमा उल्लेखित नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्ने दिशामा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालका ७५३ स्थानीय तहका स्वास्थ्य क्षेत्रमा सम्पादन भएका कामका […]
गोरखा । गोरखामा भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान सवा ६ बजे भूकम्प गएको हो । त्यस्तै भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन । यद्यपि सबै युनिटमा सम्पर्क गरेर बुझ्ने काम भइरहेको प्रहरीले जनाएको […]
काठमाडौं । पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट– बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ। दिआमेरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हमिदका अनुसार,उक्त हेलिकप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो। मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक […]
दाङ । नेपाल–भारत सिमा कोइलावास नाकाबाट शान्ती पुर्नस्थापना गृह कोइलावासले ५ बर्षमा १ सय ११ जना महिला तथा वालवालिकाहरुको उद्धार गर्न सफल भएको छ । मानव वेचबिखन तथा ओसारपसार र नियन्त्रण गर्ने अभियानकालागि २०७७ चैत्र ४ देखि स्थापना भएको सो संस्थाले स्थानीय सरकार र नेपाल प्रहरीसंगको समन्वय सहकार्यमा विभिन्न वाहानामा छिमेकी मूलुक भारतमा बेचविखनमा परेका […]
दाङ । नेपाल सरकार शिक्षा समितिबाट नयाँ शिक्षा विधेयक प्रस्तावित भएका केही बुँदामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विरोधका कार्यक्रमहरू गर्दै आएको छ । जसमा सोमबार लमही नगर प्याब्सन कार्यसमितिको आयोजनामा नगर प्याब्सन अन्तर्गतका विद्यालयले गाडीमा कालो झण्डा र ब्यानर राखी पालिका परिक्रमा गरी विरोध जनाएका छन् । लमही नगर प्याब्सन कार्य […]
लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका वडा नम्बर -१ मालुङ्गा,खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गरेका हुन् । […]
दाङ । देउखुरीमा घर माथि काँचो सालको रुख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षति पुगेको छ । आइतबार मध्याह्न १२:३० बजेको समयमा घर माथि एक्कासी सालको रुख ढल्दा राप्ती गाउँपालिका वडा नम्बर -३,मुक्त कमैया नयाँबस्ती स्थित लक्ष्मीप्रसाद चाैधरीको घरमा पुर्ण रूपमा क्षति पुगेको छ । चाैधरीको टिन लगाएको कच्ची घरमा रुख ढल्दा […]
दाङ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले तुलसा राना मगरको अध्यक्षतामा नौ सदस्यीय प्रदेश परिषद समिति र पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ।अधिवेशनले अध्यक्षमा तुल्सा राना मगर, उपाध्यक्षमा धन्कुमारी थारु,सचिवमा इराधा झाक्री मगर, सह–सचिवमा सन्तोषी श्रेष्ठ महर्जन,कोषाध्यक्षमा ललिता थारु,सदस्यमा कमला कुसुण्डा र देवी […]
दाङ । नेपाल शिक्षक महासंघ जिल्ला समिति दाङले राष्ट्रिय समितिकाे आह्वानमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइ घाेराहीमा २ घण्टा धर्ना तथा ईकाइ प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयककाे प्रतिबेदन पास गरेर भाद्र ५ गते प्रतिनिधिसभामा पेस गरेपछि विगतमा […]