
Rgp1
Rgp
Pbu
sbs
Unsku
pku
Ggp
cjs
Srbpu
Pes
Lnp
Gfs
Sgr
Djs

Asm
Wsp
Ggd
Bbu
nsb
Hal
Tsm
Pvg
Vor
Bbbpu
Rgs
Ksm
Rgu
Ssm
Sbs
Sls
Gst
Rgu
Rsb

Jmb
Rmb
sab
bbt
Ptm
Jmb
Abd
Rpp
Bml
Pls
Gsb
Mks
Syp
दाङ । नेपाल–भारत सिमा कोइलावास नाकाबाट शान्ती पुर्नस्थापना गृह कोइलावासले ५ बर्षमा १ सय ११ जना महिला तथा वालवालिकाहरुको उद्धार गर्न सफल भएको छ ।
मानव वेचबिखन तथा ओसारपसार र नियन्त्रण गर्ने अभियानकालागि २०७७ चैत्र ४ देखि स्थापना भएको सो संस्थाले स्थानीय सरकार र नेपाल प्रहरीसंगको समन्वय सहकार्यमा विभिन्न वाहानामा छिमेकी मूलुक भारतमा बेचविखनमा परेका र भारत तर्फ लैजादै गरेका नेपाली महिला तथा वालवालिकाहरुको उद्धार गरेको शान्ती पुर्नस्थापना गृह कोइलावासका परामर्शदाता सिमा जिसीले जानकारी दिइन् ।
शान्ति पुर्नस्थापना गृह कोइलावास कार्यालयको तथ्यांक अनुसार २०७७÷०७८ मा १०४ जनालाई परामर्श प्रदान गरिएको र २ जनालाई उद्धार गरिएको, २०७८÷०७९ मा १ हजार ५४ जनालाई परामर्श सेवा प्रदान गरिएको, २८ जनालाई उद्धार गरिएको, भारतबाट ३ जनाको उद्धार गरिएको र बेचविखनमा संलग्न १ जनालाई मुद्दा चलाइएको छ । त्यसैगरी २०७९÷०८० मा ७ सय ९५ जनालाई परामर्श सेवा प्रदान गरिएको, २३ जनालाई उद्धार गरिएको र १ जनालाई भारतबाट उद्धार गरिएको, २०८०÷०८१ मा ७ सय ३१ जनालाई परामर्श सेवा प्रदान गरिएको २८ जनालाई उद्धार गरिएको र भारतबाट १ जनाको उद्धार गरिएको तथा १ जना अन्य संस्थाको जिम्मा लगाइएको पाइएको छ भने आर्थिक बर्ष २०८१÷०८२ को असार मसान्ता सम्ममा ८ सय ७९ जनालाई परामर्श सेवा दिइएको, ३० जनालाई उद्धार गरिएको, भारतबाट १ जनालाई उद्धार गरिएको, १ जनाका बिरुद्ध मुद्दा चलाइ १ जना अन्य संस्थाको जिम्मामा दिइएको तथ्यांक पाइएको छ ।
त्यस्तै कोइलावासको कार्यालय मार्फत गत आब मा मात्र दाङका २० जना, प्यूठानका २ जना र कपिलवस्तु, नवलपरासी, सुर्खेत, संखुवासभा तथा दैलेखका १÷१ जना तथा बलरामपुर र सिद्धार्थनगर भारतका ३ जना गरि ३० जनाको उद्धार गरिएको हो । शान्ती पुर्नस्थापना गृहको स्थापना भएपश्चात् पाँच बर्षमा कुल ३ हजार ५ सय ६३ जना महिला तथा वालवालिकाहरुलाई सचेतना परामर्श प्रदान गरिएको, १ सय ११ जनाको उद्धार गरिएको जसमध्ये ६ जना भारतमा बेचिएकाको उद्धार गरिएको २ जना अन्य संस्थाको जिम्मामा बुभलाइएको र २ जना बेचविखनमा संलग्नलाई मुद्दा चलाइएको छ ।
बिशेषगरि नेपाल भारत सिमासंग जोडिएका नेपालका ८ जिल्लाहरुमा यस संस्थाका शाखा कार्यालयहरु रहेका र केन्द्रिय कार्यालय भने ललितपुरको गोदावरीमा २०५० सालमा स्थापना गरिएको राष्ट्रिय उद्घार संयोजक भुमिस्वर भट्टराईले बताए । जसमध्ये कैलाली,कपिलवस्तु, दाङ, ललितपुर, बाँके, बर्दिया, रुपन्देहि, जनकपुर र कञ्चनपुर महेन्द्रनगरमा यसका कार्यालयहरु सञ्चालनमा रहेको भट्टराईले जानकारी दिए ।
जघन्य अपराधका रुपमा रहेको मानव बेचविखन र ओसारपसार लाई नियन्त्रण गर्ने,वेचविखनका कारक तत्वहरुलाई पहिचान गरि न्यूनीकरणकालागि सचेतना तथा परामर्श अभियानहरु सञ्चालन गर्ने, वेचविखनमा परेका महिला तथा वालवालिकाहरुको उद्धार गर्ने,सुरक्षित आवासको ब्यवस्थापन गर्ने, कानूनी तथा मनोसामाजिक परामर्श प्रदान गर्ने, अभियुक्तहरुको खोजि गरि मुद्दा चलाउने र उद्धार गरिएका नागरिकहरुलाई नेपाल प्रहरी,स्थानीय सरकार र संघसंस्थाहरुसंगको समन्वयमा पारिवारीक पुर्नमिलन गराउने यस संस्थाको उद्देश्य रहेको भट्टराईले बताए ।
बिशेषतःनेपाल भारत सिमा क्षेत्रका वर्डरहरुबाट महिला तथा वालवालिकाहरुलाई बिभिन्न बाहानामा भारतमा लैजाने र उनिहरुलाई बेचविखन गर्ने कृयाकलापलाई नियन्त्रण र निरुत्साहित गर्न यस संस्थाले सिमा क्षेत्रहरुमा माईति नेपालले जस्तै काम गर्दै आइरहेको छ । लुकिछिपी चोरबाटो बाट भारतमा वेचिएका महिला तथा वालवालिकाहरुको बिभिन्न च्यानल मार्फत उद्धार गरि स्वदेश फिर्ता गर्न यस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएकोले यसको अभियानलाई सार्थक बनाउन नेपाल सरकारका सरोकारवाला निकायहरु लगायत सबैको साथ सहयोग र सकृयता आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष अब्दुल खालिक सिद्दिकीले बताए ।
