ओमप्रकाश गुप्ता/मोटिराम भट्टराई सोमबार, भाद्र १६, २०८२

दाङ । देउखुरीमा घर माथि काँचो सालको रुख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षति पुगेको छ । आइतबार मध्याह्न १२:३० बजेको समयमा घर माथि एक्कासी सालको रुख ढल्दा राप्ती गाउँपालिका वडा नम्बर -३,मुक्त कमैया नयाँबस्ती स्थित लक्ष्मीप्रसाद चाैधरीको घरमा पुर्ण रूपमा क्षति पुगेको छ ।

चाैधरीको टिन लगाएको कच्ची घरमा रुख ढल्दा करिव १ लाख १५ हजार मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । सोही घर सँगै सटेको हेलुराम चाैधरीको घरमा रूखको हाँगा लागेर आंशिक क्षति पुगेको छ । उनको घरमा हाँगाविगा लागेर क्षति हुँदा करिव २५ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

त्यस्तै घरमा पुर्णरुपमा क्षति भएका पिडित लक्ष्मी प्रसाद चाैधरी सोही बस्तीमा रहेको मुक्त कमैयाको बैठक भवनमा बस्न बाध्य भएका छन् भने हेलुरनमको आर्को आफ्नो पक्की घर भएकोले आफ्नै घरमा बसिरहनु भएको प्रहरीले बताएको छ । काचो सालको रुखको जरा कमजोर भएका कारण रुख ढल्न पुगेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]