
Lnp
Asb
Ggp
Usb
Dus
Rgp
Rgp
Jns
ksb
Sgp
lnp
Ggp
Lks
Rgp
Rgp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित भएको छ।
संविधानमा उल्लेखित नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्ने दिशामा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपालका ७५३ स्थानीय तहका स्वास्थ्य क्षेत्रमा सम्पादन भएका कामका सूचकहरूको तुलनात्मक विश्लेषण,समीक्षा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त प्रतिवेदनका आधारमा राप्ती गाउँपालिकाको कार्य उत्कृष्ट ठहरिएको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंमा आयोजित विशेष समारोहमा अध्यक्ष विष्ट र शाखा प्रमुख राउतलाई सम्मान गरे ।
सम्मानित भएपछि अध्यक्ष विष्टले आफू र आफ्नाे पालिका देशव्यापी रुपमा छनोट भई सम्मानित हुन पाउँदा खुशी लागेको बताए । साथै अवार्डका लागि आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा निरन्तर खटिरहेका स्वास्थ्यकर्मी,वडा तथा गाउँपालिका कार्यालयका कर्मचारी, जनप्रतिनिधि र साझेदार संस्थाहरुप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।
