जेलबाट जेन-जी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई निकाले

काठमाडौं । जेन-जी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । मंगलबार उनले भने, ‘रविलाई अहिले थुनमुक्त गरिएको छ ।’

प्रधानमन्त्री ओलीले पदबाट दिए राजीनामा,राष्ट्रपतिबाट स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको […]

राप्ती गापामा दुई दिने निःशुल्क आँखा शिविरमा:एक सयभन्दा बढीको मोतिबिन्दु शल्यक्रिया

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सयभन्दा बढी मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा अस्पताल काठमाडौंअन्तर्गतको तिलगंगा सर्जिकल आँखा केन्द्र, राप्ती गाउँपालिका–५ सिसहनियाँको आयोजनामा र राप्ती गाउँपालिकाको समन्वयमा भदौ २२ र २३ गते शिविर सम्पन्न भएको हो। गत भदौ ११ देखि २० गतेसम्म दाङको राप्तीसहित गढवा, प्युठानको […]

देउखुरी उबा संघद्वारा जेन-जी प्रदर्शनबाट ज्यान गुमाउने र घाइते प्रति लक्षित प्रेस विज्ञप्ति

दाङ । देउखुरी उद्योग बाणिज्य संघले जेन-जी पर्दर्शनबाट ज्यान गुमाउने सम्पूर्ण कलिला बालबालिकालाई श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । आज संघका अध्यक्ष कमल जंग सिंह ठकुरी र महासचिव हरि बहादुर थापाले एक विज्ञप्ति जारी गर्दै जेन-जीले उठाएको विषय आफ्नो मात्र नभएर सिंगो देश र आम जनताका लागि भएको हुँदा […]

नेपाली काङ्ग्रेस दाङको पार्टी कार्यालय तोडफोड

दाङ । जेन-जी प्रदर्शनको क्रममा दाङको घोराहीमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ । जेन-जी युवाहरुले पार्टी कार्यालय परिसरमा प्रवेश गरी तोडफोड गरेका हुन् । त्यस्तै काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको दाङस्थित घरमा पुगेर प्रदर्शनकारीहरुले काङ्ग्रेसको झण्डा च्यातेका छन् ।

निजी विद्यालयहरुद्वारा दुई दिन शोक बिदा दिने निर्णय

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरुमा आज र भोलि शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ–’देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा […]

जेनजी नेपालले अघि सारेका प्रमुख पाँच मागहरु सार्वजनिक

काठमाडौँ । देशैभर आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ। आन्दोलनकारीहरुले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरुलाई दबाब दिएका छन् । जेनजी नेपालले संसद विघटनको माग अघि सारेको छ। त्यस्तै सांसदहरुको सामूहिक राजीनामा,गोली हान्न आदेश दिने तथा हिंसक दमनमा संलग्न उच्च […]

सरकारको चर्को विरोधसंगै १९ जनाले ज्यान गुमाएपछि सामाजिक सञ्जाल खुल्यो

काठमाडौं ।चर्को विरोध र १९ जनाले ज्यान गुमाएपछि सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी छन् । मन्त्रिपरिषदले निर्णय गरे सँगै सामाजिक सञ्जालहरु सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण […]

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा […]

देशभर जेनजी प्रदर्शनबाट १९ जनाको मृत्यु,३ सय ४७ घाइते

काठमाडौं । सोमबार आज जेनजीहरुको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार,मृतकको संख्या १९ पुगेको हो । त्यस्तै,देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३,राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]