
Lks
Ggp
Lnp
Sgp
Jns
Rgp
Dus
Rgp
Rgp
Ggp
Usb
Asb
Rgp
ksb
lnp

lms

काठमाडौँ । देशैभर आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ।
आन्दोलनकारीहरुले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरुलाई दबाब दिएका छन् ।
जेनजी नेपालले संसद विघटनको माग अघि सारेको छ। त्यस्तै सांसदहरुको सामूहिक राजीनामा,गोली हान्न आदेश दिने तथा हिंसक दमनमा संलग्न उच्च अधिकारीलाई तत्काल निलम्बन,आफूहरुले सिफारिस गर्ने व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन र अन्तरिम सरकार अन्तर्गत छिट्टै निर्वाचन।
यस्तै आन्दोलनरत युवाहरुले भनेका छन्, “पुरानो राजनीतिक सोचले देशलाई अगाडि बढाउन सकेको छैन। अब नयाँ पुस्ताले नेतृत्व लिनैपर्छ ।”
