Sidha Patra मंगलबार, भाद्र २३, २०८२

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरुमा आज र भोलि शोक बिदा दिइने भएको छ ।

निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ–’देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरुले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरुमा सयौँ घाइतेहरुको उपचार भइरहेको छ,जसले केवल शैक्षिक क्षेत्र मात्र होइन,समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।’

‘यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ । हामी दिवङ्गत आत्माहरुको चिरशान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै,उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो दुःखद बिषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ’,विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त सिवज्ञप्ति मार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]