
Pbu
Pes
Sgr
Ggp
Rgp
pku
cjs
sbs
Lnp
Rgp1
Srbpu
Gfs
Unsku
Djs

Ggd
Sbs
Rsb
Bbbpu
Rgs
Ksm
Ssm
Pvg
Tsm
Asm
Rgu
Sls
Hal
Rgu
Wsp
Bbu
nsb
Gst
Vor

Ptm
bbt
Jmb
Gsb
Bml
Abd
sab
Syp
Rpp
Pls
Rmb
Mks
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सयभन्दा बढी मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ।
तिलगंगा आँखा अस्पताल काठमाडौंअन्तर्गतको तिलगंगा सर्जिकल आँखा केन्द्र, राप्ती गाउँपालिका–५ सिसहनियाँको आयोजनामा र राप्ती गाउँपालिकाको समन्वयमा भदौ २२ र २३ गते शिविर सम्पन्न भएको हो।
गत भदौ ११ देखि २० गतेसम्म दाङको राप्तीसहित गढवा, प्युठानको सरुमारानी र अर्घाखाँचीको सितगंगा नगरपालिकाका १० स्थानमा सञ्चालन भएको निःशुल्क आँखा परीक्षण शिविरमा छनोट भएका १ सय २४ जना मोतिबिन्दुका बिरामी र ७ जना आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको तिलगंगा आँखा केन्द्र सिसहनियाँका इञ्चार्ज बिमल बहादुर बिसीले जानकारी दिए ।
उनका अनुसार ६० जनाको शल्यक्रिया फेको मेसिनमार्फत र बाँकी ६४ जनाको हातमार्फत गरिएको हो । फेको मेसिनमार्फत शल्यक्रिया गर्दा ४१ सय रुपैयाँसम्म खर्च लाग्ने भए पनि हातमार्फत गरिएको शल्यक्रिया निःशुल्क गरिएको थियो।
शल्यक्रिया टोलीमा तिलगंगा आँखा अस्पताल काठमाडौंका आँखा रोग विशेषज्ञ डा. सुदिपराज भण्डारी,डा.निश्चल घिमिरेसहितका चिकित्सकहरु खटिएका थिए ।
यस अवसरमा,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँघरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले निःशुल्क सेवा कार्यक्रमले जनतामा स्थानीय सरकारप्रतिको विश्वास अझ प्रगाढ बनाएको समेत उल्लेख गरे ।
