तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ,३३७ जना अझै फरार

दाङ । तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए । त्यस्तै आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । आज भागेका मध्ये २१३ र हिजो […]

महाराजगञ्जमा असईसहित ३ जना मृत्यु हुने प्रहरीको परिचय खुल्यो

काठमाडौँ । जेन-जी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरुले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा उनीहरुको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापासहित ३ जना रहेका छन् । वरिष्ठ हवल्दार पवित्रा गौलीकाे आईसीयूमा उपचार भइरहेको छ […]

नेपाली काङ्ग्रेसका सभापति देउवा खतरामुक्त,सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ । […]

कैदीहरु डिल्ली बजार कारागारबाट निस्किन थालेपछि सेनाले रोक्यो

काठमाडौं । डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेपछि सेनाले रोकेको छ । कारागारभित्रबाट बाहिर निस्किएर भाग्न लागेपछि नेपाली सेनाले उनिहरुलाई गेटमै रोकेको हो ।

प्रदर्शनकारीद्वारा कान्तिपुर,अन्नपूर्ण लगायतका मिडिया हाउसमा तोडफोड र आगजनी

काठमाडौं । सरकार विरोधी आन्दोलनमा उत्रिएका युवाहरुले नेपालका मिडिया हाउसहरुमा पनि आक्रमण गरेका छन् । कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालयमा आजगनी भएको छ । सेन्ट्रल बिजनेश आक्रमण गरेका हुन् ।कान्तिपुरका पत्रकारहरुका अनुसार आक्रमण अघि नै पत्रकार र कर्मचारीहरु बाहिरिएकाले मानवीय क्षति भने भएको छैन । त्यस्तै आक्रोशित भिडले तीनकुनेस्थित कान्तिपुर टिभी,रेडियो कान्तिपुर र तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण […]

जेन-जी आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापति सिग्देलको अपिल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षधरलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ त्यस्तै उनले हालै देशभर भइरहेका […]

जेनजीद्वारा नेपाली काङ्ग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट

काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेनजी युवाहरुले सिंहदरबार,संसद भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।

जेन-जी प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा पनि आगजनी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेन-जी प्रदर्शनकारीले आगजनी गरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका थिए । उनीहरुले त्यहाँ प्रवेश गरेलगत्तै आगजनी गरेका हुन् ।

हेटाैंडामा जेन-जीको प्रदर्शन उग्र,मन्त्रालय र नेताका घरमा आगजनी

हेटाैंडा । बागमती प्रदेशकाे राजधानी हेटाैंडामा जेन-जीहरुकाे प्रदर्शनले उग्ररुप लिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले अपरान्हदेखि आज राति १२ बजेसम्म कर्फ्यु जारी गरेपनि प्रदर्शनकारीहरू राेकिएका छैनन् । प्रदर्शनकारीले बागमती प्रदेशका मन्त्रालय, बागमती प्रदेशसभा सचिवालय भवन,जिल्लास्थित पार्टी कार्यालयदेखि नेताहरुकाे घरमा आगो लगाएका छन् । निरन्तर आगजनी भइरहँदा पनि सुरक्षा निकायहरू रक्षात्मक देखिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर […]

जेलबाट जेन-जी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई निकाले

काठमाडौं । जेन-जी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । मंगलबार उनले भने, ‘रविलाई अहिले थुनमुक्त गरिएको छ ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]