बिहान ९ बजेलाई बोलाइएको शीतल निवास वार्ता दिउँसो दुई बजेलाई सर्‍यो

काठमाडौँ । अन्तरिम सरकार गठन गर्न आज बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम […]

हाम्रो पहिलो माग संसद विघटन हो:जेन-जी सुदन गुरुङ

काठमाडौँ । जेन-जी आन्दोलनका नेतृत्वकर्ता मध्येका एक सुदन गुरुङले संसद विघटन आफूहरूको पहिलो माग भएको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गुरुङले आफूहरूको पहिलो माग संसद् विघटन भएको स्पष्ट पारेका हुन् । यस्तै,उनले आफूहरु वर्तमान संविधान खारेज गर्ने पक्षमा नरहेको तर परिमार्जन गर्नुपर्ने बताए। त्यस्तै अहिले अन्तरिम सरकार प्रमुखको रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई […]

देशका विभिन्न कारागारबाट भागेका १६६ कैदीबन्दी मकवानपुरबाट पक्राउ

काठमाडौं । देशभरका विभिन्न कारागार तथा बाल सुधार गृहबाट भागेका १६६ जना मकवानपुरबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा उनीहरु कारागारबाट भागेका थिए । नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरुलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० […]

जेन-जी आन्दोलनपछिका घटनामा परी अहिलेसम्म ३४ जनाको मृत्यु,१३ बढी उपचाररत

काठमाडौं । भ्रष्टाचार,अनियमितता र वेथितिविरुद्ध भएको जेन-जी आन्दोलन र त्यसपछिका हिंसात्मक घटनामा परी अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ३४ पुगेको हो । आज विहान मात्रै दुई वटा शव फेला परेका छन् । यस्तै हालसम्म १३ सय ६८ जना घाइतेहरुको उपचार भइरहको मन्त्रालयले जनाएको छ । […]

नेविसंघद्वारा संविधानको रक्षा गर्न माग गर्दै मीनभवनमा प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानको रक्षा गर्न माग गर्दै आज मीनभवनमा प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको हो । त्यस्तै प्रदर्शनमा विद्यार्थीहरुले विदेशी हस्तक्षेप बन्द गर लेखेका प्लेकार्ड समेत बोकेका छन् […]

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो […]

रवि लामिछानेको प्रश्न–कारागारले नै निस्किन भन्यो,म बाँच्न पाउने कि नपाउने?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले जेन–जी आन्दोलनको क्रममा कारागार प्रशासनले नै आफूलाई बाहिर निस्कन आग्रह गरेको प्रस्ट्याएका छन् । जेलबाट निस्किएको भन्दै आलोचना भइरहेका वेला उनले फेसबुक लाइभमार्फत प्रस्टीकरण दिँदै कारागार प्रशासनले पत्र दिएर जबर्जस्ती बाहिर निकालेको बताए । साथै उनले आफू सरकार बनाउने र त्यसमा सहभागी हुने दौडमा नरहेको भन्दै आफूलाई बदनाम गर्ने […]

अर्को सूचना प्रकाशन नभएसम्मका लागि कक्षा १२ को मौका परीक्षा स्थगित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो । त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक परीक्षा देशमा विकसित विशेष परिस्थितिका […]

जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो,१ हजार बढी घाइते उपचाररत

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो । समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । त्यस्तै,देशभर विभिन्न अस्पतालमा १ हजार ६१ जना घाइते उपचाररत छन् । मन्त्रालयका अनुसार […]

सरकार प्रमुख बन्न सुशीला कार्कीले स्वीकार गरिन् जेनजीको प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन् । यसअघि जेनजीको भर्च्युअल बैठकमा बहुमत सदस्यहरूले सुशीला कार्कीको नाम पहिलो रोजाइमा राखेपछि उनीसँग सम्पर्क गरिएको हो । जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य र्‍यान्डम नेपाली अर्थात राष्ट्रविमोचन तिमल्सिनाले उक्त जानकारी दिएका हुन् । जेनजीहरुमाझ अन्तरिम सरकार प्रमुखमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]