
Rgp
Lks
Rgp
Lnp
lnp
Dus
ksb
Rgp
Sgp
Dbs
Rgp
Ggp
Ggp
Asb
Pbu
Jns
Usb


काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले
अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन् ।
यसअघि जेनजीको भर्च्युअल बैठकमा बहुमत सदस्यहरूले सुशीला कार्कीको नाम पहिलो रोजाइमा राखेपछि उनीसँग सम्पर्क गरिएको हो । जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य र्यान्डम नेपाली अर्थात राष्ट्रविमोचन तिमल्सिनाले उक्त जानकारी दिएका हुन् ।
जेनजीहरुमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की उपयुक्त पात्र हुने भन्दै चर्चा चलेको हो । जेनजीहरुको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्।
कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी साझा भएको थियो । दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जानेबारे कुरा भएको हो।
त्यस्तै उनीहरुले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा छानेका हुन्। यस अघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ ।
