
Sdc
ksbus
Amb
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ सुनखोली स्थित पुर्व-पश्चिम महेन्द्र राजमार्गको छेउमै ग्य्राभिल (मिस्क्ट) डम्पिङ गर्दा आवागमनमा समस्या पैदा भएकोछ । घोराही निवासी निर्माण ब्यबसायी प्रबिण भण्डारीले पक्की सडक संगै सटाएर गिटी मिस्कट थुपार्दा सडक दुर्घटनाको जोखिम बढाएको स्थानीयले बताएकाछ्न ।तीन दिन पहिला सो स्थानमा तीनवटा मोटरसाइकल दुर्घटनामा परेको स्थानीय प्रतक्षदर्शीले बताएकाछ्न । […]
दाङ । लगातारकाे बर्षा पछि आएकाे खहरे खाेलाले लमही नगरपालिका वडा नम्बर १ डाँडागाँउ देखि क्षेष्ठ पाेल्टिफर्म सम्म जाने सडक जिर्ण भएको छ । केही वर्ष पहिले सो वडाका स्थानीय बासिन्दाकाे सहयाेगमा उक्त सडक निर्माण गरिएको थियाे । साे सडक खन्डकाे खहरेखाेलाकाे बाढीले गर्दा सडकमा राखिएको हेमपाइप पनि बगाउन सक्ने देखिएको छ भने सडक साँधुराे […]
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ अनन्द नगर टोलमा बिजुलीको ट्रान्समिटरको पोल सहित उक्त ठाउँमा ५ वटा पोल ढलेको आज एक महिना पूरा भएको छ । तर सम्बन्धित निकाय लमही विद्युत प्राधिकरणको कार्यालयमा सो समस्याको बारेमा जानकारी गराएपनि अहिलेसम्म प्राधिकरणले ध्यान नदिएर व्यवास्था गरेको सो टोलका स्थानीय समाजसेवी दिल्ली बहादुर बस्नेतले जानकारी गराउनु […]
दाङ । दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ्ग खोलाको गणेश सामुदायिक वन क्षेत्र भित्रबाट बुधबार बिना ईजाजत हरियो सालको रुख काट्दै गरेको समयमा बर्ष ३१ का दर्जन बहादुर रोका मगर पक्राउ परेका छन् । सामुदायिक वन भित्र हरियो सालको रुख काट्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा बेला सव डिभिजन वन कार्यालयका साहयक वन अधिकृत […]
नेपालगन्ज । नेपालगन्जको समुदायमा कोरोना संक्रमण बढेपछि पुन: नेपालगन्जमा लकडाउन गर्ने तयारी भएको छ । त्यस क्षेत्रमा पछिल्लो समय रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्री नभएकामा कोरोना देखिएपछि पुन: लकडाउन लगाउने तयारी गरिएको हो । बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्बीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका […]
दाङ ।दाङ, देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सिरिया नाका गाउँ स्थित रण बहादुर बुढा मगरको घरमा यहीँ श्रावण महिना ५ गते सोमबारको दिन अत्यधिक वर्षातको कारण घर माथि देखि पहिरो झर्दा घर जोखिममा परेको छ । भिरालो स्थानमा घर भएको र अत्यधिक वर्षातको कारण सो स्थानमा बिहान अन्दाजी ६ बजे घर माथि देखि पहिरो […]
दाङ । १० औं दशक देखि लमहीकाे राताेडाँडामा भाडाकाे भरमा रहेर सेवा दिइरहेकाे इलाका प्रशासन कार्यालय लमही बुधबारदेखि आफ्नै भबनबाट सेवा सुचारु गरेकाे छ । लमही नगर बिकास समितिकाे ठिक दक्षिण तर्फ सुबिधा संम्पन्न भबन निर्माण भए पछि साे कार्यालय सरेकाे हाे । दशाै बर्ष सम्म लमहीमा भाडाकाे भरमा संचालन भएको कार्यालय आजबाट मुक्त भए […]
कैलाली ।कैलालीमा मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको हो । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक÷फरक ठाउँमा चार जना […]
दाङ । दाङ,देउखुरीको राप्ती प्राबिधिक शिक्षालयमा राखिएको देउखुरी कोरोना विशेष आईसोलेशन सेन्टरको खर्च बिवरण बुधवार एक कार्यक्रमको बीचमा सार्वजनिक गरिएको छ । देउखुरीका चारवटा पालिका द्वारा देउखुरी कोरोना विशेष आइसोलेशन सेन्टर संचालनको लागि संकलन गरिएको रकमको खर्च आज सार्वजनिक गरिएको हो । समितिले सि.सि.टि.भि क्यामेरा,विद्युत् उपकरण,वायरिङ,प्लम्विङमा ७ लाख ९८ हजार ४ सय ७८ रुपैँया,सुरक्षा व्यवस्थापन […]
दाङ। दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुुसार वर्षाका कारण बंगलाचुली गाउँपालिका–५ साकिने निवासी देवीराम नेपालीको घरमाथिबाट पहिरो आउँदा उनकी २६ वर्षकी श्रीमती बाटुली नेपाली र दुई वर्षकी छोरी आयुष्मा नेपालीको मृत्यु भएको हो । सुतिरहेको बेला बिहान ३ बजे एक्कासी घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको […]