
Sdc
Ksbus
Ggp
Lnp
Msbus
Rgp
Asbus
Ksbus
Ggp

दाङ । दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ्ग खोलाको गणेश सामुदायिक वन क्षेत्र भित्रबाट बुधबार बिना ईजाजत हरियो सालको रुख काट्दै गरेको समयमा बर्ष ३१ का दर्जन बहादुर रोका मगर पक्राउ परेका छन् । सामुदायिक वन भित्र हरियो सालको रुख काट्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा बेला सव डिभिजन वन कार्यालयका साहयक वन अधिकृत टेकन प्रसाद आचार्यको नेतृत्वमा पुगेको टोलीले सो वन क्षेत्रको दोमान भन्ने स्थानबाट बिना ईजाजतको हरियो सालको एउटा रुख काटी ८७.८० घ.फी गोलिया बनाई रहेको अवस्थामा सो काठ सहित रोकालाई पक्राउ गरिएको हो ।
ईजाजत बिना हरियो काठ काट्ने समुहमा अरु मानिस पनि हुन सक्ने अनुमानको आधारमा सो घटना स्थलमा पक्राउ परेका रोकालाई हिरासतमा राखी बिहीबार जिल्ला अदालतमा गएर एघार दिनको म्याद थप गरि विशेष अनुसन्धान गर्ने तयारी भइरहेको अधिकृत आचार्यले बताउनु भएको छ । उता रोकाले सम्बन्धित निकायको ईजाजत बिना आफुले हरियो रुख काट्नु आफ्नो गल्ती रहेको भन्दै घर बनाउनको लागि काठ काटेको गल्ती स्विकारेको अधिकृत आचार्य बताउनु भएको हो । अधिकृत आचार्यका अनुसार राजपुरको हकमा लुकिछिपी दिनमा अबैध रुख काट्ने र रातारात सो काटेको काठलाई राप्ती नदी कटाउने कार्यमा ठुला-बडाको हात समेत रहेकोले आगामी दिनमा यस्ता कार्यलाई न्यूनीकरण गर्न र वन अपराध नियन्त्रणमा आफुहरुको प्रयास निरन्तर रहने सिधापत्र संग बताउनु भयो ।
