
Amb
ksbus
Sdc


काठमाडौं । नेपाल सरकारले सुत्केरी महिलाले पाउने तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्याउने प्रस्ताव अघि सारेको छ ।
त्यस्तै,हाल सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउँदै आएका छन् ।
ऐन संशोधनका लागि तयार पारिएको विधेयकमा दफा १३ को उपदफा १ मा रहेको ‘कम्तीमा अन्ठानब्बे दिन’ भन्ने व्यवस्थालाई हटाएर ‘६ महिना’ राख्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै,स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन विधेयक सार्वजनिक गर्दै सरोकारवालाबाट राय–सुझाव मागेको छ । प्रस्ताव पारित भएमा महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि गरी ६ महिनासम्म तलबसहितको बिदा पाउने व्यवस्था लागू हुनेछ ।
