दाङ ।दाङ, देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सिरिया नाका गाउँ स्थित रण बहादुर बुढा मगरको घरमा यहीँ श्रावण महिना ५ गते सोमबारको दिन अत्यधिक वर्षातको कारण घर माथि देखि पहिरो झर्दा घर जोखिममा परेको छ । भिरालो स्थानमा घर भएको र अत्यधिक वर्षातको कारण सो स्थानमा बिहान अन्दाजी ६ बजे घर माथि देखि पहिरो झरेको पीडित बुढा मगरले जानकारी दिनु भयो । घर माथि ३५ मिटर देखि पहिरो झरेपछि घर जोखिम पुर्णमा रहेको र अझै पहिरो झरीरहेकोले उक्त घर पुरिने सम्भावना भएको हुँदा घर छाडेर सम्पुर्ण घरपरिवार घर नजिकको पानी पर्दा चुहिने गोठमा बस्दै आइरहेको पहिरो पिडक बुढा मगरले सिधापत्रसंग बताउनु भएको हो ।हिज-आज कोरोना भाइरसले पिडा त दिएको छ !’तर त्यस् माथि वर्षायामले पिडा थपि दियो,के गर्ने हजुर दुख छ । जेनतेन गोठ मुनिमा परिवारलाई बसालेर गुजारा चलाएका छु, पीडित बुढा मगरले बताउनु भयो । हालसम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला दाङ शाखा कार्यालय गढवाले केही पाल,भाडाकुडा दिएको र अन्य कुनै सम्बन्धित निकायले ध्यान नदिएको पीडितको भनाइ रहेको छ ।