
Rgp
Ggp
Pes
cjs
Pbu
Lnp
Gis
sbs
Sds
Cps
Rgp
Srbpu
Unsku
Rmb
Rgp1
pku
Gfs
Sgr
Djs

Rgs
Sls
nsb
Ssm
Ggd
Pvg
Gst
Wsp
Asm
Sbs
Ksm
Tsm
Rsb
Bbbpu
Hal
Rgu
Rgu
Vor
Bbu

Bml
Jmb
sab
Ptm
Abd
Rmb
Rpp
Pls
Gsb
bbt
Syp
Mks
Jmb
कैलाली ।कैलालीमा मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको हो । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक÷फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका छन् । भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएका हुन् ।बेपत्ताको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनु भयो । बाढीले भजनीमा थप दुई जना बेपत्ता रहेकोमा उनीहरुको सकुशल उद्धार गरिएको उहाले बताउनु भएको छ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधबार साँझसम्म बाढीका कारण जिल्लाभर ७०० बढी घर प्रभावित भएको जनाएको छ । प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय र सामुदायिक भवन स्थानान्तरण गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनु भयो । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरीलगायतलाई परिचालन गरी उद्धार सहित राहत सामग्री वितरण गरेको उहाको भनाइ छ । यसैगरी कान्द्रा नदीमा आएको बाढीले भजनी–८ मा एक हजार ८०० विस्थापित भएका छन् । उनीहरुलाई नजिकै अग्लो ठाउँमा रहेको हुलाकी सडकमा त्रिपाल टाँगेर राखेको जनाइएको छ । जिल्लाको कान्द्रा,काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि भजनी,टीकापुर,लम्की र जोशीपुर गाउँपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने,पहाडी क्षेत्रमा भूक्षय हुने,पहिरो जाने,सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
