
Ppu
jmb
jms
Gsbus
gms
smb
Bpb
Ssbus
Asm
Sys
Rg-9

Ssb
Ln1
Sbs
Asm
Ln9
Hl1
cks
Ln8
Dps
kbs
Ln7
Ln3
Rys
bml
Ln2
Usb
Gg5
bmj
Gsb
Tsb

Ksb
Gg3
Nps
Gg6
Jpb
Sml
Gg4
Bpb
Sbs
Snk
Rgu
Gjl
ptl
Jab
Sab
Rss
Gg2
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ अनन्द नगर टोलमा बिजुलीको ट्रान्समिटरको पोल सहित उक्त ठाउँमा ५ वटा पोल ढलेको आज एक महिना पूरा भएको छ । तर सम्बन्धित निकाय लमही विद्युत प्राधिकरणको कार्यालयमा सो समस्याको बारेमा जानकारी गराएपनि अहिलेसम्म प्राधिकरणले ध्यान नदिएर व्यवास्था गरेको सो टोलका स्थानीय समाजसेवी दिल्ली बहादुर बस्नेतले जानकारी गराउनु भयो ।
बस्नेतका अनुसार अहिले अर्को टोलबाट बिजुली बत्तीको लागि लाइन तानेर गुजारा गरि रहेको बताउनु भयो । सो टोलमा विद्युतको काम गर्ने ठेकेदार र कर्मचारीको मिलेमतोमा डुब्लीकेट काम गरेको कारणले यसरी ट्रान्समिटरको पोल सहित अन्य पोल ढलेको हुन सक्ने अनुमान गरिएको सिधापत्र संग बताउनु भएको हो । त्यस्तै उहाँले सम्बन्धित निकाय वडापालिका र नगरपालिकालाई यो समस्याको लागि छिटोभन्दा छिटो पहल गरिदिन अनुरोध गर्नु भएको छ ।
